अवधि संस्कृतीका मधेसी समुदायले भौंरी पर्व मनाए
मुरली गोडिया, ६ साउन गुलरिया (बर्दिया) । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आजकै दिन मधेशी समुदायका अवध क्षेत्रका अवधी भाषीहरुले भौरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको नवलपरासी, दांग, बाँके बर्दिया लगायत मधेशी समुदायको अवधि संस्कृतिका बाहुल्यता भएको स्थामा यो पर्व मनाउने गरिन्छ ।
समुदायमा भौरी पर्वका दिन विहानै घरमा लिपपोत गरि गुहुँको पिठो मुछीे पुर्णिमा आर्थात पुर्ण गोलो आकारको परिकार बनाउने गरिन्छ । गोलो आकारको बनाइ सकेपछि गाई गोरुको गोबर बाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाई गोरु बस्ने गोठमै कन्डा अर्थात गुँइठाको आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ जस्लाई भौरी भन्ने भनिन्छ । संग संगै पिठो कै मोटो रोटी पनि पकाउने गरिन्छ जस्लाई रोट भन्ने गरिन्छ । परिकार पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । मधेशी समुदायमा गाई गोरु नै घरको सम्पती हो भन्न विश्वाशले गोठमै पकाउने परम्परा रहेका छ ।
सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । घरमा पालेको गाई गोरु लाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गर्दछन । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत गई भौरी खाने प्रचलन रहेको छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा यो पर्व मनाउने गरिएको छ । व्यास जयन्तीलाई भौरी पर्वको रुपमा मनाउने गरिएको अवधि भाषाका साहित्यकार विष्णुलाल कुमालले जानकारी दिनु भयो ।
२८ °C काठमाडौं
Facebook Comments