• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
वन्यजन्तुबाट पीडित परिवारका सदस्यलाई राहत वितरण

मुरली गोडिया, ५ साउन, गुलरिया (बर्दिया) । विभिन्न समयमा बर्दियामा वन्यजन्तु बाट पिडित भएको परिवारका सदस्यलाई सरकारले राहत वितरण गरेको छ । वन तथा बाताबारण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र डिभिजन वन कार्यलय बर्दियाको समन्यवमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण गरिएको हो । 

कार्यक्रममा बर्दियाको मधुवन नगरपालिकाका र बारबर्दिया नगरपालिकाकाका गरि ४ जना परिवारका सदस्यलाई चेक हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा वन्यजन्तुको आक्रमणमा परि मृत्युवरण गर्नु भएका तथा घाइते भएका परिवारलाई राहत वितरण गरिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बर्दियाको मधुवन नगरापलिका वडा नम्बर ३ की मृतक कलि बंशी मगरका छोरा प्रेम वंशीले रु ८ लाख, मधुवन नगरपालिका वडा नम्बर ५ का मृतक गायत्री डाँगीका श्रीमान नारायण कुमार डाँगीले रु ८ लाख,  बारबर्दिया नगरापालिका वडा नम्बर ४ का मृतक सुमित थारुका बुवा राम शंकर थारुले रु ८ लाख र बारबर्दिया नगरापालिकाकै वडा नम्बर ३ का घाइते साहिल सुनारका बुवा प्रेम बहादुर सुनारले रु १ लाख ५० हजार बराबरको चेक प्राप्त गरेका छन । 

कार्यक्रमका अध्यक्ष तथा वन तथा बाताबारण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले हरेक वर्ष वन्यजन्तुको आक्रमणले मानविय क्षती भइरहेकाले निर्वाचित जनप्रतिनिधीहरुले नितीगत तहमै कार्यगर्नु पर्ने बताउनु भएको छ । मानिसहरुलाई कसरी वनजंगलको पहुँच बाट टाढा राखी उनिहरुका आवश्यकता पुरा गर्ने तर्फ सोँच्नु पर्ने बताउनु भयो । छरिएर रहेको बस्तीहरु, जंगल अतिक्रमण गरि बनाइएको बस्ती तथा घरहरुमा राज्यले अन्य सुविधाहरु समेत पु¥याउन अधिक भार पर्ने भएकाले बस्तीलाई व्यवस्थित गरि स्थानान्तरण गर्ने र उनिहरुको जिविकोपार्जन हुने खालका कार्यहरु गर्नुृ आवश्यक रहेको सचिव काफ्लेले जोड दिनु भयो । 

विशेष गरि सरकारी जग्गाहरुको खोजी गरि एकिकृत गरि बस्ती बसाल्न सकिने र राज्यले उनिहरुलाई सोही ठाउँमा पुगी विभिन्न सेवासुविधा दिन सहज हुने उहाँको भनाई छ । संशोधन भइ २०८० मा बनेको राहत निर्देशिका अनुसार राहत वितरण गरेको र अगामी दिनमा समय सापेक्ष रुपमा निर्देशिका संसोधन गर्न आवशयक हुने वहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बर्दिया जिल्ला वन्यजन्तु बाट पिडित भएको हुँदा आफुले प्रदेशमा निरन्तर आवाज उठाइ रहेको बताउनु भयो । वन्यजन्तु बाट पिडितहरुको नाम नै उल्लेख गरि संसदमा आवाज उठाउँदै आएको र राहतका लागी सधै पहल कदमी लिंदै आएको उहाँले उल्लेख गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधीहरुले निरन्तरण रुपमा बर्दियाका पिडित परिवारको न्यायका लागी पहलगर्दै आइरहेको उहाँले स्मरण गराउनु भयो । जनताको सेवाका लागी आफुलाई निर्वाचित गराइएकोले आफुले बर्दियाका विकास र समृद्धिका लागी सधै अग्रसरता लिने बताउनु भयो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय बर्दियाका प्रमुख प्रविण विडारीले बर्दियाका स्थानिय जनप्रतिनिधी तथा संचारकर्मीहरु बाट निरन्तर सहयोग पाएको बताउनु भयो । वन संरक्षण तथा वन्यजन्तु बाट जोगिन र पिडित परिवारको राहतका लागी बर्दियाबाट निर्वाचित भइ प्रदेशमा पुग्नु भएको जनप्रतिनिधी तथा स्थानिय जनप्रतिनिधी र बर्दियाका संचारकर्मीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । 

राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मालती सोडारी, भुवनेश्वर चौधरी, मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाट लगायतले आफनो विचार राख्नु भएको थियो । कार्यक्रममा बारबर्दिया र मधुवन नगरपालिकाका जनप्रतिनिधी, संरक्षणकर्मी, पिडित परिवारका सदस्य र संचारकर्मीहरुको उपस्थितीमा राहत स्वरुप चेक हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments