राजापुर नगरपालिकाको बजेट १ अर्ब १६ करोडभन्दा बढी
केशव कोईराला, १० असार, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाको ते¥हौ नगर सभामा आर्थिक बर्ष ०८१/८२ का लागी १ अर्ब १६ करोड ७६ लाख ३ हजार रुपैयाको बजेट पेश गरिएको छ । नगर प्रमुख दिपेश थारुले प्रारम्भ गर्नुभएको सभामा नगर उपप्रमुख मनकला कुमारी चौधरीले बजेट पेश गर्नुभएको हो ।
सशर्त अनुदान, कर्मचारी तलव भत्ता लगायत गरि संघ, प्रदेश र नगरको १ अर्ब १६ करोड ७६ लाख ३ हजार रुपैयाको बजेट ल्याइएको हो । त्यस्तै शिक्षा खेलकुद तथा युवा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक बिकास, कृषि, पशु, उद्योग, सहकारी, पर्यटन, न्यायिक समिती र बिपद व्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन गरिएको छ । नियमित गर्भजांच गर्ने गर्भवती महिलाहरुलाइ ६० दिन सम्म १ लिटर दूध दिन ३० लाख बिनियोजन गरिएको छ । मातृशिशु मृत्युदर कम गर्न हजार दिने आमा सँग उपप्रमुख कार्यक्रम निरन्तरता दिन २० लाख बजेट बिनियोजन गरिएको छ ।
बजेटले स्वास्थ्य उपचार प्रभावकारी, नगरक्षेत्र भित्रको भरपर्दो गुणस्तरिय भौतिक पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षालाई भरपर्दो र पहुँच योग्य बनाउने, कृषि क्षेत्रको बिकास उद्यमशीलता, रोजगार र शासकीय सक्षमताको बिकास लगायतका उद्देश्यहरु राखेको छ । अघिल्लो बजेट भन्दा सुधारात्मक देखिए पनि स्थानीय संचार माध्यमलाई यसपटकको बजेटले निरासा देखाएको छ । कृषि, शिक्षा पर्यटन, उद्योग, भौतिक पुर्वाधार,समावेशी र समृद्ध राजापुरको मुल आधार भन्ने मुल नाराका साथ असार ७ गतेदेखी जारी नगरपालिकाको सातौ नगर सभाको अर्को बैठक अनिश्चित कालका लागी स्थगित गरिएको छ ।
२८ °C काठमाडौं
Facebook Comments