सर्पको टोकाईबाट बर्दियामा एकजना बालकको मृत्यु
केशव कोईराला, ८ असार, राजापुर (बर्दिया) । बर्दियामा सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ । राजापुर नगरपालिका–४ का अन्दाजी ९ वर्षीय लव्सन सेन्चुरिको मृत्यु भएको हो ।
शुक्रबार बिहान बेडमा पल्टेर मोबाइल चलाइरहेको अबस्थामा उनलाई सर्पले टोकेको बताईएको छ । सर्पले उनको हातमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका लब्सनको गुलरिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्युु भएको हो ।
३२ °C काठमाडौं
Facebook Comments