अमरशहीदका विद्यार्थीहरुसँग बिविध सवालमा अभिमुखीकरण
पुरुषोत्तम खनाल, ३१ जेठ, बर्र्दिया । बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ । नगरपालिकामा विकराल समस्याका रुपमा बढ्दै गएको बालविवाह, बालश्रम, लागुपदार्थ दूव्र्यसन विरुद्ध अमर शहीद श्रीदशरथ चन्द माध्यमिक विद्यालय राजापुरका विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको हो ।
पछिल्लो समय सामाजिक विकृतिको रुपमा बढ्दै गरेको आत्महत्या, लगायतका समस्याहरु भुसको आगोझैँ बढेकोभन्दै विद्यार्थीहरुमाझ इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले यस्ता समस्याको असर तथा कानुनी उपचारका बारेमा जानकारी दिनु भएको थियो । विद्यार्थी उमेर नै अरुले भनेको कुरा र लहैलहैमा लाग्ने समय भएकाले समयमै सचेत रहनु पर्नेभन्दै बालविवाह, बालश्रम, बाल हिंसा, लागुपदार्थ दूव्र्यसनका बारेमा सचेतना जगाउने काममा सक्रियताका साथ लाग्नु पर्ने बताउनु भयो ।
यस्ता कुराहरु न्युनिकरणको लागि प्रहरी लगायत संघ संस्थासँग सहकार्य गर्नुपर्ने धारणा डिएसपी बोहराले राख्नु भएको थियो । राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीले विद्यार्थीले समाजमा आफूले पढेका र सिकेका ज्ञानबाट बाल विबाह, बाल हिंसा, बालश्रम जस्ता, सामाजिक विकृतिलाई हटाउन महत्वपूर्ण भूमिका खेल्ने वताउनु भएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, प्रहरी सहायक निरीक्षक शालिकराम न्यौपाने लगायत सहभागी हुनुहुन्थ्यो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता चौधरीले सहजीकरण गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यार्थीहरुले सामाजिक विकृति हटाउन आफुहरु सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।
२६ °C काठमाडौं
Facebook Comments