कैलालीको भजनीमा आधारभुत पत्रकारिता तालिम सम्पन्न
चुरेकुञ्ज, ३१ जेठ, बर्दिया । कैलालीको भजनी नगरपालिका वडा नं १ ले आयोजना गरेको ६ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । २५ गते वाट संचालन भएको आधारभुत पत्रकारिता तालिम सकिएको हो ।
स्थानिय अध्ययनरत युवा युबतीलाई पत्रकारिता क्षेत्रमा अव्वल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको भजनी नगरपालिका वडा नम्बर १ का वडा सचिव जनक भण्डारीले बताउनु भयो । तालिममा स्थानीय ३० जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको सचिव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो ।
नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरेको बताईएको छ । तालिममा बोल्दै सहभागी सुशीला बि.क.ले पत्रकारिता भनेको केहो ? समाचार संकलन कसरी गर्ने ? समाचार कसरी लेख्ने भन्नेवारे ज्ञान भएको र आगामि दिनमा पत्रकारिता गर्ने बताउनु भयो । तालिमको रेडियो राजापुरका प्रबन्ध निर्देशक केशव कोइरालाले सहजिकरण गर्नुभएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments