• १० वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
पारिवारिक विखण्डनका कारण बालश्रम  : गम्भिर भएनन राज्यका निकाय 

मुरली गोडिया, ३१ जेठ, बर्दिया । बुधबार विभिन्न निकायले विविध कार्यक्रमका गरि बालश्रम विरुद्धको दिवश मनाएका छन । तर स्थानिय सरकारले भने जिल्लमा बालश्रम विरुद्धको दिवस मनाएको खासै देखिएन । अन्य दिवसहरुमा संघसंस्था तथा स्थानिय सरकारले थरिथरिका कार्यक्रम गर्ने र बजेट विनियोजन गरेको भएपनि बालबालिकाका लागी भने खासै चासो लिएको नपाएको कतिपयको तर्क छ ।

थारु महिला उत्थान केन्द्र बर्दियाले बुधबार गुलरियामा सरोकारवाला निकायसंग अन्तरसंवाद गरेको छ । जसमा बालश्रम, बालश्रमिकका व्यक्तिगत तथा पारिवारिक कारण र रोजगारदाताका कारण भनि दुइथरिले बालश्रम हुने गरेको बताइएको छ । चरम आर्थिक गरिबी, अशिक्षा, बालश्रमको बारेमा प्रर्याप्त जानकारी नहुनु, परम्परागत गलत मान्यताहरु र पारिवारिक विखण्डन नै बालश्रमिकका व्यक्तिगत तथा पारिवारिक कारण नै बालश्रमको मुख्य कारण रहेको औल्याइएको छ । 

यस्तै रोजगारदाताका कारणहरु मध्ये वयस्क श्रमिकहरुको उपलब्धतामा कमी, समाजिक स्विकार्यता, कम तलब र सुविधाबाट बढी नाफा लिन सकिने र गरिबीमा रहेकालाई सहयोग गरेको भन्ने गलत मान्यता नै प्रमुख रहेको कार्यक्रमका सहजकर्ता तेजमणि पन्थले जानकारी गराउनु भयो । प्रगति सामुदायिक सुरक्षा जालो अभियानकी अध्यक्ष अनिता चौधरीले बालश्रम अन्त्यका लागी सरोकारवाला निकाय गम्भिर नभएको गुनासो गर्नुभयो । बालबालिकाको संरक्षण तथा उनिहरुको समस्या हल गर्न कुनैपनि सरकारले चासो नदेखाएको प्रति उहाँको गुनासो थियो । 

अधिकांश नागरिकहरुको आर्थिक भार बढी हुने भएकाले अभिभावकहरुलाई आयमुलक कार्यक्रममा सहभागी गराउनु, कृषी, पशुपन्छि लगायतका क्षेत्रमा योजना बनाई बजेट विनियोजन गरि कार्यक्रम संचालन गरे बालश्रम बन्द गर्न सकिने उहाँको तर्क छ ।  राज्य स्तरबाट बालश्रमका क्षेत्रमा चासो नदिएको गुलरिया महिला शाखा प्रमुख शिला शाहले बताउनु भयो । उहाँले भन्नु भयो “विभिन्न दिवसहरु मनाइन्छ तर सरकारले बालश्रम विरुद्धको दिवसमा कुनै कार्यक्रम गरेको छैन, बजेट नै प्रमुख समास्या हो ।” बालश्रमिकको तथ्यांक नै नभएको शाहले बताउनु भयो । 

गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले बालश्रम परिवारमै भइरहेको खुलासा गर्नु भयो । मधेशी समुदायमा परिवारमै बलश्रम हुने गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले नेपाल सरकारले विभिन्न अन्तराष्ट्र्रिय मंचहरु तथा सन्धि सम्झौतमा सहभागीता जनाएकाले त्यसको कार्यन्वय गर्न सवै पक्ष लाग्नु पर्ने धारण राख्नु भयो ।  बालश्रमले मानसिक समस्या समेत ल्याउने गरेको उहाँको तर्क थियो । बालश्रम रोक्न स्थानिय सरकारले प्रमुख नेतृत्व लिनु पर्ने थारुले आग्रह गर्नु भयो । 

सहभागीहरुले बालश्रम अन्त्यका लागी सवै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चि गर्न मर्यादित वस्यक श्रमको प्रवद्र्धन गर्न, बालश्रम मुक्त उद्योग व्यवसायको संचालन गर्न र बालश्रम मुक्त क्षेत्र विकास गर्न हाम्रो समर्थन र प्रतिबद्धता छ भनि सामुहिक हस्ताक्षर समेत गरेका थिए । अन्तरसंवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, नागरिक समाज, शिक्षक, प्रहरी संचारकर्मी लागयत सरोकारवाला निकायको सहभागीता थियो । 

सम्बन्धित समाचार

Facebook Comments