बृक्षारोपणगर्दै बर्दियामा विश्व बातावरण दिवस मनाईयो
केशव कोईराला, २३ जेठ, राजापुर (बर्दिया) । विश्व वातावरण दिवसको अवसरमा बर्दियाको राजापुर नगरपालिका वडा न ६ मानपुर टपरामा बृक्षारोपण गरिएको छ । कारिताश नेपालको आयोजना तथा वडा कार्यलयको समन्वयमा बृक्षारोपण गरिएका छ ।
पछिल्लो समय रुखको कमी हुँदा खडेरी एवं जलवायु परिबर्तनको असर देखिन थालेकाले हरियाली बनाउनु कासाथै बातावरण जोगाउने उद्देश्यले बृक्षारोपण गरिएको हो । मानपुर माध्यमिक बिद्यालय प्राङ्गणमा सदाबहार फुल, इन्डोर प्लान्ट, अशोक, नमस्ते, धुपिसल्ला रोपिएको राजापुर नगरपालिकाका प्रबक्ता एवं वडा अध्यक्ष अशराज न्यौपानेले जानकारी दिनुभयो ।
यसै बिच अम्मरशहिद दशरथ चन्द माध्यामिक बिद्यालय राजापुरले सरसफाइका साथै बिद्यालय प्राङ्गणमा फुलका बिरुवा रोपेर बिश्व बातावरण दिवस मनाएको शिक्षक बलराम भन्डारीले जानकारी दिनु भएको छ । बातावरण दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा विभिन्न कार्यक्रम गरिएको छ । त्यस्तै डिभिजनल बनकार्यालय बर्दियाले कार्यालय अगाडी बृक्षारोपण गरेको जनाएको छ । खाता क्षेत्रमा हाजिरी जवाफ लगायत सचेतनागर्दै बातावरण दिवस मनाईएको छ ।
२५ °C काठमाडौं
Facebook Comments