आर्थिक तथा सामाजिक विकासको लागि स्थानिय सरकारसँग बजेट माग्दै मुक्तकमैया समाज
विन्दु चौधरी, २१ जेठ, बाँसगढी (बर्दिया) । मुक्त कमैया समाजले स्थानीय सरकारसँग आगामी आर्थिक वर्ष २०८१/८२ को निती तथा कार्यक्रममा बजेट विनियोजनको लागि योजना पेश गरेको छ । मुक्त कमैया समाज लुम्बिनी प्रदेशका संयोजक जागेश्वर थारुले गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुलाई मुक्त कमैयाहहरुको आर्थिक, सामाजिक पक्षको विकास गर्न आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमका लागि योजना पेश गर्नुभएको हो ।
मुक्तमैयाहरुलाई उद्यमी बनाउन र जिविकोपार्जनमा सुधार गरि आर्थिक विकास गर्न सहयोग पुग्ने उद्देश्यले आगामी निती तथा कार्यक्रममा समेट्नुपर्ने गरि स्थानीय सरकारसंग योजना पेश गरिएको परियोजना अधिकृत राजेन्द्र प्रसाद थारुले जानकारी दिनुभयो । उहाँका अनुसार बर्दिया जिल्लाको ८ वटै स्थानिय सरकारसंग आगामी आर्थिक वर्षका लागि योजना तथा वजेट पेश गर्ने कार्यक्रम रहेको छ । मुक्त कमैया समाजले पेश गरेको योजना लागत वजेट २२ लाख ८५ हजार माग गर्ने र २० प्रतिशत ब्यवसायकर्ता आफै लगानी गर्ने भनिएको छ ।
मुक्त कमैया बालबालिकाहरुलाई सामाग्री सहयोग, प्राविधिक शिक्षा अध्ययनमा सहयोग, मुक्त कमैयाहरुलाई कृषि तथा गैर कृषि ब्यवसायमा सहयोग, युवालाई सिप विकास, उद्यमशिलता विकास तालिम, नेतृत्व विकास तालिम अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको ज्याला, सुरक्षा, विमा सम्बन्धी सरोकारवालाविच अन्तरक्रिया, मुक्त कमैया दिवस गरि ७ बुदे योजना पेश गरेको छ । यसले मुक्त कमैया परिवार, कमैया महिला, कमैया परिवारका युवाहरुलाई प्रत्यक्ष रुपमा लाभ मिल्ने मुक्त कमैया समाजले अपेक्षा गरेको छ ।
२५ °C काठमाडौं
Facebook Comments