आर्थिक उपार्जन गर्न स्वावलम्बी महिला सदस्यलाई बाख्रा उपहार
मुरली गोडिया, २० जेठ, बर्दिया । बारबर्दिया नगरपालिकामा विभिन्न वडाका स्वावलम्बी महिला समुहका सदस्यलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले माउ बाख्रा उपहार स्वरुप प्रदान गरिएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २, ३, ४, ५, ७, ८, १० र ११ का गरि १ सय १८ जना सदस्यलाई २ सय ३६ बाख्रा उपहार दिइएको हो ।
बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, थारु महिला उत्थान केन्द्र बर्दियाको सहजीकरणमा “बारबर्दिया, कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” अन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिएको परियोजना संयोजक किशोर चौधरीले जानकारी गराउनु भयो । बाख्रा उपहार कार्यक्रममा नगर प्रमुख छविलाल थारु, नगर उपप्रमुख रत्न कुमारी पाण्डे, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, आर्थिक विकास समितिका संयोजक तथा वडा नं २ का अध्यक्ष रामफेरन थारु, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष सिताराम योगी, वडा नं ५ का वडा अध्यक्ष, लाल बहादुर थारु, वडा नं ७ का वडा अध्यक्ष इन्द्र प्रसाद थारु, वडा नं ८ का वडा अध्यक्ष नर बहादुर चन्द, वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरीको उपस्थितीमा बाख्रा वितरण गरिएको संस्थाले जनाएको छ ।
“बारबर्दिया, कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना” अन्र्गत बाख्रा वितरण कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नं १० का वडा सदस्य, पे्रम बहादुर चौधरी, कार्यपालिका सदस्य खिमा परियार, घर्मि तारमी मगर, श्याम कुमारी चौधरी, वडा सदस्यहरु, पशु सेवाका अधिकृत दिपक राज थापा, हेफर प्रोजेकट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप शर्मा, कार्यक्रम अधिकृत डा. गान्धी राज उपाध्याय, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिह थारु, परियोजना संयोजक किशोर कुमार थारु, लेखा अधिकृत शुभम आचार्य, नगर अस्पतालका अध्यक्ष तिर्थराज पौडेल, परियोजनामा आवद्घ कर्मचारी र कृषक सदस्यहरुको सहभागिता रहेको परियोजनाका फोकल पर्सन तथा पशु सेवाका अधिकृत दिपक राज थापाले बताउनु भयो ।
२८ °C काठमाडौं
Facebook Comments