• ९ वैशाख २०८३, बुधवार
  • २८ °C काठमाडौं
स्वावलम्बी समुहका सदस्यहरुलाई विउ बोका उपहार

मुरली गोडिया, १९ जेठ, बर्दिया । बारबर्दिया नगरपालिका भित्र गठन गरिएका स्वावलम्बी समुहका सदस्यहरुलाई विउ बोका वितरण कार्यक्रम सम्पन्न भएको छ । बाख्राको नश्लसुधार तथा उत्पादकत्व बृद्धि गर्ने उद्देश्यले २४ जना सदस्यलाई २४ वटा विउ बोका वितरण गरिएको हो । 

आर्थिक समृद्धिका लागी पशुपालन तथा कृषि खेती मुख्य आधार भएकोले यो साझेदारी परियोजना बाट सदस्यहरुको जिविकोपार्जन सुधार हुने अपेक्षा गरिएको छ । बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत विउ बोका वितरण गरिएको हो । परम्परागत तरिकाले बाख्रा तथा कृषि उत्पादन गरिरहेकोले परियोजना मार्फत आधुनिक प्रविधि सम्बन्धि ज्ञान तथा शिपलिई ब्यवसायिक बाख्रा उद्यम तथा कृषि खेती गरि आय आर्जन गर्न सकिने बताइएको छ । 

११ वटै वडामा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गठन गरि परियोजना संचालन भैरहेको परियोजना संयोजक किशोर चौधरीले जानकारी गराउनु भयो । परियोजनामा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आय आर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग, दिगो रुपमा स्वावलम्बि समुह संचालन तथा आय आर्जन अभिबृद्धिको लागी सहकारी मार्फत विभिन्न आय मुलक क्रियाकलाप संचालन गर्न लगाउने संयोजक चौधरीले प्रष्ट पार्नु भयो । परियोजनामा २ हजार २ सय ६९ घरपरिवार आवद्ध छन । परियोजनाले समुहका सदस्यहरुको विभिन्न आयमुलक, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग र समाजिक पुँजी निर्माणको कार्य गरिने संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments