हिमालयन लघुवित्तद्वारा विमा दावी रकम भुक्तानी
चुरेकुञ्ज, १७ जेठ, बर्दिया । हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खैरापुर गुलरियाले मृत्यु भएको सदस्यको परिवारलाई विमाको क्षतीपूर्ति रकम उपलब्ध गराएको छ । गुलरिया नगरपालिका वडा नम्बर १ केरावारी स्थित केन्द्र नम्बर ३३ समूह नम्बर १ की सदस्य सन्जु वन्जाराको श्रीमानको मृत्यु पश्चात परिवारलाई विमा रकम भुक्तानी गरेको हो ।
सदस्यले संस्थाबाट १ लाख रुपैया कर्जा लिएकोमा मृत्यु बापतको विमा १ लाख र काजक्रिया खर्च बापत २५ प्रतिशत हुन आउने २५ हजार रुपैया गरी १ लाख २५ हजार रुपैया भुक्तानी गरेको संस्थाका खैरापुर शाखा प्रमुख विनोद प्रोख्रेलले जानकारी दिनु भएको छ ।
भुक्तान गर्न बाँकी कर्जा रकम ७९ हजार ७७२ रुपैया ८३ पैसा भुक्तान गर्न बाँकी कर्जा रकम भुक्तान गरी ४५ हजार २२७ रुपैया १७ पैसा परिवारलाई दिईएको प्रमुख पोख्रेलको भनाई छ । यस संस्थाको केन्द्रिय कार्यालय चवहिल रही देशको विभिन्न ठाउँमा ७५ वटा शाखा मार्फत कर्जा तथा वचत कारोवारको सेवा सुविधा दिदै आएको छ ।
२८ °C काठमाडौं
Facebook Comments