बाँसगढीमा जैविक मलकारखाना संचालन गर्न सम्झौता
विन्दु चौधरी, १६ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका र जैविक मल कारखाना स्थापना हुने क्षेत्रका स्थानीयबासी विच समझदारी भएको छ । बाली लगाउने बेलामा अभाव हुने रासायनिक मलको अभावलाई अन्त्य गर्न मल उत्पादन कारखाना निर्माण गर्नेगरी बाँसगढी नगरपालिकाले तयारी गरिरहेको छ ।
मुख्यमन्त्री साझेदारी कार्यकम कार्यान्वयन निर्देशिका, २०८० को दफा १० बमोजिम मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयनका लागि लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बाँसगढी नगरपालिका बीच स्थानीय आर्थिक विकास, युवा रोजगार, स्वरोजगार र स्थानीय सेवा प्रवाहका क्षेत्रमा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार र बाँसगढी नगरपालिकाको सह–लगानीमा संचालन हुने जैविक कृषि प्रवद्र्धन परियोजना अन्तर्गत जैविक मल कारखाना स्थापनाको लागि बाँसगढी नगरपालिका र उक्त कारखाना स्थापना हुने क्षेत्र बाँसगढी नगरपालिका वडा ४ मदाहा गाउँको सिमरहवा टोलका स्थानीयबासी विच सहमति भएको हो ।
पहिलो पक्ष बाँसगढी नगरपालिका र दोस्रो पक्ष कारखाना स्थापना हुने क्षेत्र बाँसगढी नगरपालिका वडा नम्बर ४ मदाहा गाउँको सिमरहवा टोललाई भनिएको छ । पहिलो पक्ष अर्थात बाँसगढी नगरपालिकाबाट बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली तथा दोस्रो पक्ष अर्थात सिमरहवा टोलका राधाकृष्ण थारु र फुल बहादुर थारु विच सहमति पत्रमा हस्ताक्षर भएको जनाईएको छ । सहमति पत्रमा दोस्रो पक्षले मल कारखाना स्थापनाका लागि छनौट भएको ऐलानी प्रति जग्गामा कुनै किसिमले भोग चलन तथा कब्जा नगर्ने । विगतमा कहिकतै भोगचलन गरेको भए अव उपरान्त उक्त जग्गा दोस्रो पक्षले छोडनु पर्ने सहमती भएको छ ।
यस्तै आयोजना संचालन गर्दा दोस्रो पक्षबाट कुनै किसिमले अवरोध सृजना नगर्ने तथा सहयोग गर्नु पर्ने, आयोजना स्थलसम्म जानका लागि आवश्यक पर्ने पूर्वाधार पहिलो पक्षले निर्माण गर्ने भनिएको छ । आयोजना निर्माण पश्चात उक्त आयोजनाबाट अनुदान, लाभको वितरण, कर्मचारी, आवश्यक जनशक्तिका लागि दोस्रो पक्षलाई पहिलो प्राथमिकता उपलब्ध गराउनु पर्नेछ । जस अन्तर्गत लाभको वितरण गर्दा पहिलो पक्षले विपन्न, दलित र सिमान्तकृत लगायतका लक्षित समुदायलाई प्राथमिकता दिनुपर्ने तथा रोजगारी उपलब्ध हुने अवस्थामा दोस्रो पक्षबाट प्रति घरधुरीबाट एकजना सदस्यलाई मात्र प्राथमिकता दिइने सहमति पत्रमा उल्लेख गरिएको छ ।
२८ °C काठमाडौं
Facebook Comments