बर्दियामा बिविध कार्यक्रमगर्दै गणतन्त्र दिवस मनाईयो
केशव कोईराला, १५ जेठ, बर्दिया । बिविध कार्यक्रम गरी बर्दियामा गणतन्त्र दिवस मनाईएको छ । बर्दियाको गुलरिया एवम् राजापुर नगर लगायतका पालिकाहरुमा विविध कार्यक्रमगर्दै गणतन्त्र दिवस मनाईएको हो ।
गणतन्त्र दिवसको अवसरमा जिल्लाका सबै सरकारी कार्यालय एवम् धार्मिक तथा सार्वजनिक स्थल सरसफाई, राष्ट्रिय झण्डाहरु फेर्ने लगायत सबै पालिकाहरुमा धुमधामले गणतन्त्र दिवस मनाउने मूल गणतन्त्र दिवस समारोह समितिले निर्णय गरेको थियो । गणतन्त्र दिवसको अवसर पारेर सदरमुकाम गुलरियामा अन्र्तक्रिया तथा चियापान आयोजना गरिको थियो । जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर विष्टको अध्यक्षतामा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।
त्यस्तै प्राध्यापक एवम् पत्रकार महासंघ बर्दिायका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद धितालले गणतन्त्र प्रति नागरिकको नैराश्यता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले गणतन्त्र प्रति आम नागरिकमा आशा उत्साह जगाउन राजनितिक दलहरुले समयमै सोच बनाउनु पर्ने भनाई राख्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा राजापुर नगरपालिकाले बृक्षारोपण एवं सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । राजापुर –४ स्थित गणेश मंदिर परिसरमा बृक्षारोपण सँगै सरसफाइ गरिएको हो ।
धार्मिक क्षेत्रको संरक्षण एवं हरियाली बनाउनुका साथै सफा राख्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताउनु भयो । कार्यक्रममा उप प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रसाशकिय अधिकृत दशरथ बुढा, इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपी सागर बोहोरा, सशस्त्र प्रहरी वल बिओपी राजापुरका प्रमुख तिर्थराज न्यौपाने, वडा अध्यक्षहरु नगरपालिका कर्मचारी, नेपालप्रहरी, कर्मचारीहरु, सशत्र प्रहरीहरु, बिभिन्न सरकारी कार्यालयका कर्मचारी, संचारकर्मी सहभागी थिए ।
२५ °C काठमाडौं
Facebook Comments