• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
अत्याधिक गर्मी भएसँगै गुलरियाका विद्यालय बन्द

केशव कोईराला, १४ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका अन्र्तगतका विद्यालयहरु ३ दिनका लागि बन्द भएका छन । गर्मी अत्याधिक बढेपछि बर्दियाको नगरपालिकाले ३ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको हो । 

नगरप्रमुख स्तरीय निर्णयबाट जेठ १६–१८ गते सम्म गर्मी बिदा दिने निर्णय गरेको हो । अत्याधिक गर्मीका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर तथा पठनपाठन गर्न कठिनाई भएको गुनासोका कारण गर्मी बिदा दिने निर्णय गरेको शिक्षा शाखा अधिकृत सतिस यादवले जानकारी दिनुभयो ।

नगरपालिकाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ को उपनियम ३ अनुसार सबै विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको उहाँले बताउनु भयो । यो बिदालाई बर्षे बिदामा मिलान गर्ने गरी बिदा दिएको यादवको भनाई छ । केही दिन यता बर्दियाको तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

सम्बन्धित समाचार

Facebook Comments