बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
हरि गुरुङ, १० जेठ, मधुवन (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिका वडा नं–४ मगरपुरमा बाघको आक्रमण परि एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३५ बर्षकी मनिशा रोकायको मृत्यु भएको बाँसगढी सब–डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत राम गणेश शाहले जानकारी दिनु भएको छ ।
जनचेतना सामुदायिक वन उपभोक्ता समूह वनक्षेत्र नजिक दिउँसो करिब २ बजेको समयमा पिसाब फेर्न गएको अवस्थामा अचानक बाघले आक्रमण गर्दा मृत्यु भएको प्रत्यक्षदर्शी मृतककी दिदीलाई उधृतगर्दै शाहले बताउनु भएको छ ।
२५ °C काठमाडौं
Facebook Comments