• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
युवामैत्री भएनन् स्थानिय तहहरु

चुरेकुञ्ज, ९ जेठ, बर्दिया । स्थानिय तहहरु युवामैत्री बनाउनु पर्नेमा जोड दिईएको छ । बर्दियाको गुलरियामा आयोजित युवामैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्थानिय सरकारलाई युवामैत्री बनाउन पहल गर्न जनप्रतिनिधिहरुले प्रतिवद्धता समेत जनाएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लवको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्र्तगत आयोजित कार्यक्रममा वास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको सहजीकरणगर्दै स्थानिय तहमा युवाको अधिकारलाई सुनिश्चित गर्न युवामैत्री अवधारणा ल्याईएको बताउनु भयो । उहाँले भन्नुभयो, युवाहरुलाई स्थानिय तहदेखि नै शासन प्रणालीमा जोड्दै उनीहरुको सक्रिय सहभागीता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली नै युवामैत्री शासन हो ।

युवाहरुको हितको लागि विभिन्न कानूनी, नितिगत, संरचनागत तथा प्रकृयागत रुपान्तरणका प्रयासहरु गरी युवाको चाहाना, सोचाई लक्ष्य तथा उद्देश्यलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुपर्ने कामको शुरुवात स्थानिय तहबाट हुनुपर्ने उहाँको भनाई छ । पछिल्लो समय युवा वर्गमा भएको वैदेशिक पलायन तथा राजनितिक वितृष्णा अन्त्य गर्न स्वदेशमै रोजगारीको वातावरण बनाउन नसकेको शाहले प्रष्ट्याउँदै अब युवालाई केन्द्रमा राखेर स्थानिय सरकारले निति बनाउन आवस्यक रहेको औल्याउनु भयो । सन् २०३० सम्म स्थानिय तहलाई युवामैत्री वनाउने दिग्दर्शनमा उल्लेख रहेकाले सबै पालिकाहरु एक भएर लाग्नु पर्ने उहाँको सुझाव छ ।

गुलरिया नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले युवामैत्री समाज निर्माणमा सबै वडाहरु एक भएर लाग्नुपर्ने बताउनु भएको छ । युवा वर्गको सर्वाङगीण विकाससँगै स्थानिय शासनमा सहभागी बनाउन केही समय लाग्ने बताउँदै नितिगत रुपमा एकताबद्ध हुन सक्ने सबै सम्भव हुने उहाँको भनाई छ । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, संघ संस्था लगायत वालक्लवका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रम बाँके युनेस्को क्लवका संयोजक ईश्वर विकले संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments