• १० वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
पशु छाडा भेटिए ५ सय रुपैया जरिवाना

चुरेकुञ्ज, ८ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित गौतमबुद्ध टोल विकास संस्थाले टोल सुधारको लागि अत्यावस्यक निर्णयहरु गरेको छ । टोलमा अधिकमात्रामा बाख्रा लगायतका पशुहरु नियन्त्रण नभएपछि यस्तो निर्णय गरेको हो । 

त्यस्तै टोल विकास संस्थाले छाडा पशुचौपाया नियन्त्रण, टोल सरसफाई, बचत संकलन तथा लागु औषध नियन्त्रण गर्ने निर्णय गरेको गौतमबुद्ध टोल बिकास संस्थाकी अध्यक्ष रञ्जिता शर्माले बताउनु भयो । बाख्रा लगायतका पशु चौपाया टोलमा छाडा छोडी छरछिमेक वा घरवारीमा नोक्सानी पुर्याए पशुधनीलाई ५ सय रुपैया जरिवाना गर्ने निर्णय गरिएको छ । टोललाई सफा राख्न घरको अगाडी सफासँगै हराभरा राख्न टोलवासी सबैले आफ्नो घर वरपर सफा राख्ने, फोहर नफाल्ने र फोहर जम्मा गरी नगरपालिकाको गाडीमा पुर्याउने निर्णय गरेको अध्यक्ष शर्माको भनाई छ । टोललाई ब्यवस्थितगर्दै आत्मनिर्भर बनाउन प्रत्येक घरधुरीबाट मासिक रुपमा १ सय रुपैया जमा गर्ने निर्णय भएको छ ।  

टोलमा दुई चार जना जमा भई गाँजा, चरेश लगायत लागुऔषध सेवन गरेको शंका लागेमा तथा टोलको वातावरण विगार्ने गतिविधि भेटिए तत्काल प्रहरीलाई खबर गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । गुलरिया नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ६ का अध्यक्ष शुधांसु प्रकाश शर्माले टोललाई समृद्धिउन्मुख बनाउन गरिएका सबै निर्णयहरुमा वडाको साथ र सर्मथन रहने बताउनु भएको छ । टोलको विकास र सशक्तिकरणका लागि टोलवासी एकजुट भएर अघि बढ्न अनुरोधगर्दै आफू सधै वडाका टोलवासीहरुको साथमा रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । टोलले गरेको निर्णय पालना गर्न टोलवासीहरुलाई उहाँको आग्रह छ ।

सम्बन्धित समाचार

Facebook Comments