राजापुर बजारमा चारलेन सडक निर्माण कार्य शुरु
केशव कोईराला, ७ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरको मुख्य बजारमा चार लेन सडक कालोपत्रे निर्माणको काम शुरु भएको छ । कालो पत्रेको वेश सोमवार देखी गिट्टी बिछ्याउने काम शुरु गरिएको छ ।
तुलसी निर्माण सेवा प्रा.ली. राजापुरले २०७९ जेठमा २ करोढ ४९ लाखमा ठेक्का सम्झौता पाएको सडकको काम ०७९ कार्तिक महिनादेखी लाइन छुट्याउन शुरु गरेको निमार्ण कम्पनीका संचालक टिकाराम पौडेलले जानकारी दिनुभयो । अवको केही दिन भित्रै चारलेन कालोपत्रे निमार्ण सम्पन्न गर्ने लक्ष्यका साथ कार्य प्रारम्भ गरिएको उहाँको भनाई छ ।
राजापुर नगरपालिका बजारमा अवस्थित राममंदिर देखी पृथ्वी चोक (भन्सार) सम्म झण्डै चार सय मिटर सडक कालोपत्रै गरिदै छ । सडकमा फुटपात, डिभाइडर र ड्रेन समेत रहेको छ । कालोपत्रे सडक निर्माणको काम शुरु भएसँगै स्थानिय एवं व्यापारी खुशी भएका छन् । समयमै सडक सम्पन्न भएपछि धुलो, हिलोमुक्त बजार हुने विस्वास गरिएको छ ।
२४ °C काठमाडौं
Facebook Comments