मातपोत तथा नापी कार्यालय टीकापुरका तत्कालिन कार्यालय प्रमुख बिरुद्ध अख्तियारको मुद्धा
केशव कोईराला, ६ जेठ, बर्दिया । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्था बमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी समेत गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२४ °C काठमाडौं
Facebook Comments