• १० वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
चितुवाको आक्रमणबाट एकै गाउँका तीन जना घाइते 

केशव कोइराला, २ जेठ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा तीन जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका ३ जना घाईते भएका हुन् ।

आक्रमणबाट २३ वर्षका हिमाल अधिकारी, २४ वर्षकी राममाया चौधरी र ५० वर्षका होलुराम थारु घाइते भएको शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिनुभयो । घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । 

उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले एक्कासी आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments