बालापूर झुलुङ्गे पुलमा विदामा घुम्नजानेको घुईचो
विपना थारु, ३१ बैशाख, बर्दिया । वर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने जब्दीघाटमा पुल भासिएपछी विकल्पका रुपमा प्रयोगमा आउँने गरेको गुलरीया नगरपालीका वडा नम्बर ५ बालापुरमा रहेको झुलुङ्गे पुल आज भोली निकै चर्चामा आउन थालेको छ । बालापूर झुलुङ्गे पुलमा विदाको दिनमा प्रायः घुम्नजाने मानिसको घुइचो समेत देखिन थालेको छ ।
पिकनिक खेल्न आउनेको संख्या पनि उत्तिकै रहेको पुल पारी सानो चिया नास्ताको व्यापार गर्दै आउनु भएकी शन्ति चौधरीले बताउनु भयो । नदिको खुला बातावरणमा घुम्न आउने आगन्तुकले आनन्दका साथ झुलुङ्गे पुलमा फोटो खिचाउँदै गरेको र रिल बनाउँदै गरेको देख्न सकिन्छ । नदि किनारमा पारिपट्टी करीब ४ वटा नास्ता पसल रहेका छन । सामान्य नास्ता पकौडी, पानीपुरी, चाउचाउ कासाथै चाउमीनहरु गाउले शैलीमा खान पाउने पसले हरुले व्यवस्था गरेका छन । पक्की बाटो हुदै गुलरिया बजार देखी करीब ४ किलोमीटरको दुरीमा रहेको झुलुङ्गे पुल सुहेलवाको बाटो भएर बालापुरहुदै पुग्न सकिन्छ ।
बालापुर लाई तरकारी हबको रुपमा पनि लिन सकिन्छ । गुलरीयामा मंगलवार र शनिवारको हाट बजारमा बालापुरका थुप्रै किसानहरुलाइ हरियो साग सब्जी बेचिरहेको देख्न सकिन्छ । बढैयाताल गाउपालीका वडा नं ९ वर्दियाको टेशनपुरबाट पिकनिक खेल्न आएका अनील चौधरीले पुल नजिकैको बाताबरण निकै रमाइलो भएको हुदा छुट्टीको मौका छोपेर पिकनिक खेल्न आएको बताउनु भयो । आन्तरिक पर्यटनलाई जोड दिन सके यहाको केही विकास हुन सक्ने अशिष चौधरी बताउनु हुन्छ । यहाँको तरकारी खेतीवाट पनी धेरै कुरा सिक्न सकिने चौधरीले बताउनु भयो । प्रशिक्षार्थी पत्रकार ...
२६ °C काठमाडौं
Facebook Comments