• १० वैशाख २०८३, बिहिवार
  • २४ °C काठमाडौं
बर्दिया र कैलाली जोड्ने कर्णालीको सनकट्टी पुल निर्माणमा तिव्रता

केशव कोईराला, ३० वैशाख, राजापुर (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा पक्की पुल निर्माणको काम अघि बढेको छ । सरकारले २०७९ पुसमा ठेक्का सम्झौता गरेपनी वातावरणीय प्रभाव मूल्याङ्कनको काम समयमा सम्पन्न नहुँदा काम अगाडि बढ्न सकेको थिएन । 

बजेट अभाव र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण निर्माण कम्पनीले पुल निर्माणको काम अगाडि बढाउन नसकेको बताईएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट समयमा आउन नसक्दा र काम गर्ने अनुमति नपाउँदा डेढ वर्ष ढिलोगरी पुलको काम सुरु भएको ठेकेदार कम्पनी रसुवा कन्स्ट्रक्सनका इन्चार्ज कृष्ण ढुङ्गेलले बताउनु भयो । कुुनै अवरोध नआए काम निरन्तर हुन्छ । बजेटको सुनिश्चितता हुन नसक्दा समस्या आउन सक्ने उहाँको भनाई छ । चालू आर्थिक वर्षमा पुलका लागि अर्थ मन्त्रालयले एक करोड ६८ लाख रुपैया विनियोजन गरेको थियो । 

पुलको निर्माण सम्झौता एक अर्ब चार करोडमा भएको थियो । “अहिले पनि ऋण लिएर काम गरिरहेका छौँ । विभागबाट पैसाका कारण काम नरोक्ने भनेपछि त्यसो गरेका हौँ”, इन्चार्ज ढुङ्गेल भन्नुहुन्छ, “सबै कुराले साथ दिए २०८३ भित्र पुल निर्माण सम्पन्न हुन्छ ।” सम्झौता अनुसार पुलको काम २०८२ कात्तिकभित्र सम्पन्न गरिसक्नु पर्छ ।  निर्माणाधिन सनकट्टी पुल चिसापानी कर्णाली पुल र हुलाकी राजमार्गको सती कर्णाली पुलको विकल्प हो । कैलालीको टीकापुरलाई व्यापारिक रुपमा स्थापित गर्न बर्दियाको गेरुवा गाउँपालिकासँग जोड्ने यो पुल महत्वपूर्ण छ । पुलको लम्बाइ सात सय ५० मिटर रहनेछ ।

सम्बन्धित समाचार

Facebook Comments