• १ कार्तिक २०८३, शनिवार
  • १४ °C काठमाडौं
सरकारी कार्यालयका कुनाकाप्चामा पान, गुटखाको थुकैथुक  

चुरेकुञ्ज, २५ वैशाख, बर्दिया । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

                                                                                               

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा अवस्थित मालपोत तथा भुमिसुधार कार्यालयको सेवाग्राहीले प्रयोग गर्ने मूत्रालयमा पान, गुटखाजन्य पदार्थहरु खाएर यत्रतत्र थुकेपछि शौचालयको अवस्था थप द्र्रुगन्धित एवम् विजोग बनेको छ । दिनहुँ सयौंको संख्यामा आउने सेवाग्राहीहरु नै कर्तब्यबाट च्युत बन्दै शौचालय भित्रै थुक्ने गरेपछि आलय फोहर समेत बनेको छ । मालपोल मात्र होईन जिल्ला भरिकै सरकारी लगायतका विभिन्न कार्यालयका शौचालय, सिढीहरु तथा भित्ताहरुमा पान, गुटखा खाएर आउने सेवाग्राहीहरुले जथाभावी थुकिदिने गरेको पाईन्छ । नागरिकले अरुबाट राम्रो कामको अपेक्षा गर्ने तर आफूले नराम्रो, अनैतिक एवम अनुशासनहिन काम गर्दा समेत होस नपाउने प्रबृत्तिले हाम्रो समाजलाई कतातिर डोहोराई रहेको छ भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ । नागरिकले सेवा लिने कार्यालयको रेखदेख, सफासुग्घर, एवम् संरक्षण गर्ने दायित्व कर्मचारीको मात्र होईन् । सेवाग्राहीले पनि आफूले सेवा लिने ठाउँहरुको सरसफाई एवम् संर्बद्धन गर्ने कर्तब्य हुनछ । तर त्यसतर्फ कतिपयको सोच गएको देखिदैन । आफ्नो घरआँगन सफा राख्ने घरबाहिर अन्यत्र फोहोर गर्ने पाखण्डी, पतित मानसिकताको अन्त्यगर्दै सार्वजनिक सम्पत्तीको सबैमिलि रक्षा गर्नु जरुरी छ ।

सम्बन्धित समाचार

Facebook Comments