बर्दिया जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधी ४ जनालाई
विष्णु प्रसाद अधिकारी, २२ वैशाख, बर्दिया । बर्दिया जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधी ४ जनाले हात पारेका छन् । विभिन्न श्रेणीमा गराईएको प्रतिस्पर्धा दुई दिन सम्म चलेको थियो ।
प्रतियोगितको खुलातर्फ गुलरियाका खिमबहादुर पुन मगर प्रथम, बढैयाताल सितलाबजारका ईश्वर श्रेष्ठ द्वितिय र भूरिगाउँका लोकराज पौडेल तृतिय भएको आयोजक जिल्ला बुद्धिचाल संघ बर्दियाका सल्लाहाकार दिपक अधिकारीले जानकारी दिएका छन् । त्यस्तै भेट्रान जेष्ठ नागरिक तर्फ दिपक ढुँगाना गुलरिया प्रथम र कुवेर गुरुङ मधुवन दोस्रो भएका छन् ।
छात्रातर्फ रेखा राना गुलरिया प्रथम र अञ्जना थापामगर गुलरिया द्वितिय भएका छन् । छात्रतर्फ दिनेश पुनमगर गुलरिया पहिलो र अंकित घिमिरे बढैयाताल दोस्रो भएका हुन् । विजेता उपविजेता हरुलाई विभिन्न श्रेणीमा १७ जनालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ । अंकको आधारमा गराईएको प्रतिस्पर्धामा ६ पटक खेल्दा जसले बढी जित्छ सोही आधारमा विजेता उपविजेता घोषणा गरिएको हो । शुक्रवार शुरु भएको खेलमा जिल्ला भरीबाट ५० जना खेलाडी सहभागी भएको अधिकारीको भनाई छ ।
२२ °C काठमाडौं
Facebook Comments