• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
बर्दियामा जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता शुरु

विष्णु प्रसाद अधिकारी, २१ वैशाख, बर्दिया । बर्दियाको गुलरियामा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । खेल र स्वास्थ्यमा हाम्रो सवाल, बुद्धि विकासका लागि बुद्धिचाल भन्ने नाराका साथ दुई दिने तेस्रो बर्दिया जिल्ला स्तरिय बुद्धि चाल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

बुद्धिचाल प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि संघिय सांसद संजय कुमार गौतमले बुद्धिचाल खेलप्रति आफ्नो रुचि रहेकाले यस खेललाई राज्यले खेल सुचिमा राख्नका लागि सम्बन्धित ठाउँमा आवाज उठाउने बताए । बुद्धिचाल खेललाई स्थानीय पाठ्यक्रममा समेट्न सकेमा थोरै लगानीमा बालबालिकाको बुद्धि विकासका लागि मद्दत पुग्दै बाल मस्तिष्कमा निखारता ल्याउने कुरामा उनको जोड थियो । 

बुद्धिचाल खेलले मानवको मानसिक प्रभाव र मनोभावना बुझ्न सजिलो हुने भएकाले यस खेललाई स्थानीय पालिकाहरुले खेलाउने रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश गराउनु पर्ने सासद गौतमले सुझाव छ । बर्दियाको गुलरियामा संचालित जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगितामा बर्दियाका विभिन्न पालिकाहरुबाट सबै उमेर समुहका ५० भन्दा बढि खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता बैशाख २१ र २२ गरि दुइदिन सम्म संचालन हुने गुलरिया नगरपालिका वडा नं. ६ का वडा सदस्य दिपक अधिकारीले जानकारी दिए । 

गुलरिया नगरपालिका वडा नं. ६ को सहयोग तथा बर्दिया जिल्ला बुद्धिचाल संघ लुम्बिनी प्रदेश गुलरिया बर्दियाको आयोजनामा संचालन भइरहेको छ । कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले सबै उमेर समुहका नागरिकका लागि बुद्धिचाल प्रतियोगिताले मस्तिष्कको व्यायामका लागि कोशे ढुङ्गा सावित हुने भएकाले खेललाई अगाडी बढाउन आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

सम्बन्धित समाचार

Facebook Comments