बाँसगढीको बन्द कृषि हाटबजार पुनः शुचारु
विन्दु चौधरी, ७ बैशाख, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नम्बर ५ मा बन्द अवस्थामा रहेको कृषि हाट बजार शुक्रबारबाट पुनः सुचारु भएको छ । २०७५ सालमा बाँसगढी नगरपालिकाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैँया खर्च गरेर ३ वटा टहरा, २ वटा गोदाम निर्माण गरी दिएपनि सम्बन्धित निकायले ध्यान नदिंदा केन्द्र प्रयोग विहिन अवस्थामा पुगेको थियो ।
नगरपालिकाको केन्द्रमा रहेको कृषि हाट बजार २०७५ पुष २६ गते तामझाम कासाथ तत्कालिन प्रदेश कृषि मन्त्री आरती पौडेलद्वारा उद्घाटन गरिएको थियो । उद्घाटन भएको केही महिनामै कृषि हाटबजार चल्न सकेन । उक्त केन्द्रलाई विभिन्न संघसस्था सहकारीहरुले कृर्षि हाटबजार लगाउन अनेकौ प्रयास् गर्दा पनि सफल हुन सकेको थिएन । तेस्रो पटक हाट बजार पुनःशुरु भएको छ । स्थानीय सरकारलाई हाट बजार संचालनका लागि सबैतिर दवाव आउन थालेपछि नगरपालिकाले संचालनमा ल्याउन बाध्य भएको छ ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले बाँसगढी नगरपालिका वाड नं ५ र वडा नं ८ मा रहेका कृषि हाट बजार संचालन तथा ब्यवस्थापनगर्दै स्थानिय उत्पादनलाई सहज ढंगबाट कृषि हाटबजार संकलन तथा विक्रि गर्ने ब्यवस्था मिलाउन चालु आर्थिक वर्ष २०८०।८१ को निती तथा कार्यक्रममा नै उल्लेख गर्नुभएको थियो । निती तथा कार्यक्रम अनुसार कृषि हाटबजार तथा संकलन केन्द्र पुनः संचालनम ल्याएको उहाँले बताउनु भयो । नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर तथा स्वरोजगार बनाउने नीति लिएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज तरकारी, फलफूल तथा कृषि सामाग्री विक्रि वितरण गर्न सक्नेगरी बाँसगढी नगरपालिका ५ मा कृषिहाट बजार शुचारु गरिएको कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले बताउनुभयो ।
उहाँले बजार भाउभन्दा सस्तोमा ताजा तरकारी पाउने ब्यवस्थासहित कृषि हाट बजार संचालन गरेकोले स्थानिय कृषकहरुलाई आफ्ूmले उत्पादन गरेको कृषि उपजलाई हाट बजारमा ल्याई विक्रि गर्न र आम उपभोक्ताहरुलाई ताजा तरकारी किनेर खान आग्रह समेत गर्नुभएको छ । हाटबजार संचालन भएसंगै स्थानिय किसानहरु पनि खुशी भएका छन् । किसानहरु आफुले उत्पादन गरेका कृषि उपजहरु बेच्न पाउने भएका छन् । कृषकहरुले आफुले उत्पादित कृर्षि उपजलाई संकलन केन्द्रमा राख्ने ब्यवस्था गर्नुपर्ने माग गरेको छन् । कृषि हाटबजार प्रत्येक हप्ताको सोमबार र शुक्रबार लाग्ने कृषि हाटबजार ब्यवस्थापन समितीले जनाएको छ ।
२६ °C काठमाडौं
Facebook Comments