• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
मेची–महाकाली साईकल यात्री यमकुमारी बर्दियाको राजापुरमा

केशव कोईराला, २७ चैत, राजापुर (बर्दिया) । झापाको मेची पुलबाट मेची–महाकाली साईकल यात्रा शुरु गर्नु भएकी झापा कमल गाँउपालिका वडा नम्बर ५ निवासी ३५ बर्षिया यम कुमारी ढकाल१३ औं दिनमा मंगलबार बर्दियाको राजापुरमा आइपुग्नु भएको छ । स्वास्थ्य, बातावरण, पर्यटन, सँस्कृती र खेकुद बिकासका लागी साइकल चढौं, योग गरौं भन्ने नारासहित बिश्व साइकल यात्रा अघि मेची महाकाली साइकल यात्रामा निस्किनु भएको हो । 

पूर्व पश्चिम राजमार्ग हुँदै कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १८ जिल्ला पारगर्दै १३ औं दिनमा राजापुर आइपुगेको ढकालले बताउनु भयो । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरको महाकाली पुल सम्म १५ औं दिनमा यात्रा पुरा गर्ने लक्ष्य रहेको उहाँको छ । यसअघि बिभिन्न समुहमा मेची–महाकाली यात्रामा बिभिन्न समुहमा महिला यात्री आएपनी एकल यात्रा गर्ने साइकल यात्री आफू पहिलो भएको दावीगर्दै यात्राका क्रममा बिभिन्न पालिका, बिभिन्न क्षेत्रका व्यक्तीहरुको साथ सहयोगले उत्साहित बनाउँदै बिश्व साइकल यात्रामा निस्कन प्रेरणा मिलेको यात्री ढकालले बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments