• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भिषण आगलागी

काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ । 

यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।

सम्बन्धित समाचार

Facebook Comments