• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
बारबर्दिया नगरपालिकामा थारु भाषाको पाठ्यक्रम लागु गरिँदै 

बारबर्दिया, चैत २६ । बर्दियाको बारबर्दिया नगरपालिकाले आगामी शैक्षिक शत्रबाट स्थानीय थारु भाषामा पाठ्यक्रम लागु गर्ने भएको छ । पालिका भित्र रहेका ५७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ३ सम्म थारु भाषाको पाठ्यक्रम लागु गर्ने भएको हो ।

नयाँ शैक्षिक शत्रदेखि स्थानीय थारु भाषामा पाठ्क्रम लागु गर्न थालेको पालिकाले ३ बर्ष पहिले देखि स्थानीय पाठ्यक्रम “बारबर्दिया गौरव” लागु गरेको छ । अब सोही पाठ्यक्रमलाई थारु भाषामा अनुबाद गरेर लागु गर्न थालेपछि स्थानीय अभिभावकहरु खुसी भएका छन् । बारबर्दिया नगरपालिका ६ जयपुरका अभिभावक कृष्ण प्रसाद थारुले स्थानीय भाषाको पढाई हँुदा शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो । बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले स्थानीय समुदायको कला, संस्कृति, चार्डपर्व र स्थानीय उत्पादन तथा हस्तकला सम्बन्धी पुस्तकले विद्यालय स्तरबाट स्थानीय भाषामै सिकाई प्रभावकारी हुने अपेक्षा लिएको बताउनु हुन्छ । 

बारबर्दिया नगरपालिकामा ७३ प्रतिशत थारु समुदायको बसोबास रहेको छ । थारु भाषामा बनाउन खोजिएको पाठ्यक्रममा भाषिक ज्ञान संगै स्थानीय कला, संस्कृति तथा स्थानीय उत्पादनको बिषयबस्तु पनि समावेश गरिएको स्थानीय भाषाको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य तथा युवक माध्यमिक विद्यालय जोगिगाँउका प्रधानाध्यपक नरेशकुमार थारुले बताउनु भयो । बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईले स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरी पालिकाले नयाँ शैक्षिक शत्रको पहिलो सातामा विद्यालय तथा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने उदेश्यका साथ काम गरिरहेको जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments