• ३ साउन २०८३, आइतवार
  • २४ °C काठमाडौं
द्वन्द्वकालमा वेपत्ता पारिएका हुकुमबहादुर शाहीको अन्तिम संस्कार 

बर्दिया, २५ चैत । ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ सुतैयाका शसस्त्र द्वन्द्वको समयमा तत्कालिन शाही नेपाली सेनाले २०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका हुकुमबहादुर शाहीको परिवारले २०८० चैत्र १४ गते २२ वर्षपछि हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता पारिएका आफन्त फर्केर नआउने छाँटकाँट देखेपछि परिवारले अन्तिम संस्कार गर्न बाध्य भएका हुन् ।

वेपत्ता ब्यक्तिको अवस्थाको सवालमा सरकारको जवाफहिनताले पीडित परिवार अत्यासमा छन् । परिवार, समाजले सामाजिक, सांस्कृतिक रुपमा अन्तिम संस्कार गर्न दवाव दिदै घेराबन्दी गर्दै आएको छ । यसैको शिकारमा परेकी हुन बेपत्ता बनाएका हुकुमबहादुर शाहीकी श्रीमती जयन्ती शाही । “श्रीमान अझै जीवितै हुनुहन्छ की भन्ने आश मनमा छ । टुप्लुक्क घर आउँछनकी जस्तो लाग्छ । तर सरकार बोल्दैन, परिवार, समाजको दवाव भयो । मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरे ।” जयन्ती भन्नु हुन्छ । 

लामो समय द्वन्द्वकालमा वेपत्ता पारिएका ब्यक्तिको बारेमा सरकारको गैर जवाफदेहिताका कारण सृजित  परिवार, सामाजिक, सांस्कृतिक, कानुनी समस्याका कारण बर्दियामा जयन्ती शाही जस्तै वेपत्ता पारिएका श्रीमतीले अन्तिम संस्कार गर्न बाध्य भइरहेका छन् । बर्दिया जिल्लामा द्वन्द्व पीडित बर्दियाका अनुसार द्वन्द्वरत पक्षबाट २ सय ५० जना वेपत्ता पारिएका छन् । यो संख्या नेपाल मै सबै भन्दा बढी हो ।

सम्बन्धित समाचार

Facebook Comments