• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
बर्दियामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान

यादव आचार्य, बर्दिया, २५ चैत । एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाले जंगल किनारका सामुदायिक कुकुरहरुको बन्ध्याकरण अभियान शुरु गरेको छ । विभिन्न जंगल किनारका मध्यवर्ती क्षेत्रहरुका गाउँहरुमा देखिने सामुदायिक कुकुरहरुको रेविज संक्रमित बन्यजन्तुसँग संपर्क हुन सक्ने जोखिम देखिएकाले त्यस्ता कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको हो ।

बर्दियामा गतबर्ष देखि रेविज रोगको प्रकोप बढ्दै गएको छ । जंगल किनारका कुकुरहरुको अधिक रेविज हुने स्याल, फ्याउरो लगायतका बन्यजन्तुहरुसँग सम्पर्क भैरहन्छ । त्यसैले त्यस्ता कुकुरहरुको बन्ध्याकरण थालेका हौं । एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाका भेटनरी अफिसर पशु चिकित्सक अनिल कुमार शर्माले भने, सामुदायिक कुकुर नियन्त्रण गर्ने हाम्रो अभियान हो । कार्यालयको चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अनुसार बन्ध्याकरण थालेका हौं ।

कुकुरहरुको भ्याक्सेटोमी तथा मिनिल्याप प्रविधि मार्फत बन्ध्याकरण गरिएको हो । अभियानमा सोल्टी होप स्ट्रिट एनिमल रेस्क्यू टीमले सहकार्य गरेको छ । केही दिनदेखि लक्षिक कुकुरहरु संकलन गरेयौं । भाले, पोथी गरी १ सय वटा कुकुर बन्ध्याकरण गर्ने हाम्रो लक्ष्य हो । उनले थपे, करिव लक्ष्य नजिक कुकुर बन्ध्याकरण गरिसकेका छौं । थप कुकुरहरुको पनि खोजी कार्य भैरहेको छ । केही दिनमा लक्ष्य पूरागर्छौ । बन्ध्याकरणबाट सामुदायिक कुकुरको जन्मदर न्यूनिकरणगर्दै सामुदायिक कुकुर नियन्त्रण हुने हाम्रो विस्वास छ उनले भने ।

पछिल्लो समय बर्दियामा रेविजको संक्रम फैलिदै छ । कुकुरले मानिसलाई टोकेपछि लगाईने रेविज विरुद्धको भ्याक्सिन बर्दियामा अभाव रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताएका छन् । उनले भने यतिखेर रेविजको भ्याक्सिन नभएको अवस्था छ । भ्याक्सिन नपाउँदा रेविजबाट मृत्यु पनि भएको उनले जनाए । यसतर्फ सबैलाई सचेत रहन आग्रहगर्दै उनले थपे, कुकुरको टोकाईबाट बच्नुपर्ने बेला आएको छ । रेविजको भ्याक्सिन संकट परेको अवस्था रहेकाले भुस्याहा कुकुरहरु देख्ने वित्तिकै सावधानी रहन उनले जोड दिए । विपद् ब्यवस्थापन समिति बर्दियाले स्वास्थ्य संकट ब्यवस्थापनका बारेमा जिल्लामा छलफल चलाउँदै समितिलाई चलायमान रहन आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए ।

सम्बन्धित समाचार

Facebook Comments