• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
द्वन्द पीडितको सीप बिकासमा जोड दिएका छौं : बारबर्दिया नगरप्रमुख

बर्दिया, चैत २२ । बारबर्दिया नगरपालिकाले द्वन्द पीडित र प्रभावित परिवारलाई प्राविधिक शिक्षा र सीप बिकासमा जोड्न कार्यक्रम गरिरहेको नगर प्रमुख छविलाल थारुले बताउनु भयो । बिहिबार द्वन्द पीडित समितिको समन्वयमा पीडितका परिवारसंगको वकालत बैठकमा प्रष्ट पार्नु भएको हो ।

पीडित परिवारलाई बितरण मुखी कार्यक्रम भन्दा प्राविधिक ज्ञान र सीप बिकाससंग जोडेर अगाडी बढाउन सके उनीहरुले पाएको प्राविधिक ज्ञान र सीपलाई बजारीकरण गरी आफ्नो आयस्रोत आफै बनाएर जीवन जीउन सहजता बन्ने विश्वास रहेको उहाँको भनाई छ । नगरपालिकाले सञ्चालन गरिरहेको प्राविधिक शिक्षालयमा पीडित र उनीहरुका सन्तानलाई आबद्ध गराएर अघि बढि रहेको छ । पालिकाले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित प्रभावित महिला र बालीकाको समष्टिगत आवश्यकता पहिचान उप समिति तत्कालै गठन गरिने नगरप्रमुख थारुले प्रतिवद्धता गर्नुभयो । संघीय सरकारले समयमा कानुन र निति नवनाई दिदा स्थानीय सरकारले चाहेर पनि आफ्नो तरिकाले काम गर्न नसकिरहेको अनुभव उहाँको भनाई छ ।

नगर उपप्रमुख रत्नकुमारी पाण्डेले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । महिला र बालीकासंग सम्बनधीत भएकोले पनि आफु सो विषयमा गम्भिर रहेका छौं । वकालत बैठकमा अबसरमा द्वन्द पीडितहरुले पीडितहरुको बिभिन्न सवाल सम्बोधन गर्न नगरप्रमुख थारु र नगर उपप्रमुख पाण्डेलाई माग पत्र पनि बुझाएका छन् । बारबर्दिया नगरपालिकाका द्वन्द पीडितहरुको सवालबारे वकालतगर्दै उनीहरुको हितमा योजना बनाएर काम गर्ने उद्देश्यले नगरप्रमुख र उप प्रमुखसंग वकालत बैठक बसेको द्वन्द पीडित समितिकी कोषाध्यक्ष देबसरा खत्रीले बताउनु भयो । नेपाल सरकारले नेपालको शान्ति प्रक्रियालाई अर्थपूर्ण रुपमा टुङ्गोमा पु¥याउन महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न दोस्रो चरणको राष्ट्रिय कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित समाचार

Facebook Comments