• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
द्वन्द पीडित परिवारको लागि बाँसगढीमा योजना बनाएर काम गरिँदै

बाँसगढी (बर्दिया), २१ चैत । बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले द्वन्द्व पीडितको लागि योजना बनाएर काम गर्ने बताउनु भएको छ । द्वन्द्व पीडित समिति बर्दियाको समन्वयमा मंगलबार द्वन्द्व पीडित परिवारसंगको बैठकमा उक्त कुरा बताउनु भएको हो । 

पीडित र पीडित परिवारलाई बिभिन्न कार्यक्रममा समेटेर सहयोगगर्दै आएको बताउँदै तथ्याङ्क लिएर ब्यवस्थित तरिकाले उनीहरुको सवाल सम्वोधनगर्दै जाने प्रबिद्धता गर्नु भयो । बैठकबाट महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न दुई वटा समिति पनि गठन गरेको छ । नगर प्रमुख खड्काको संयोजकत्वमा १५ सदस्यीय कार्ययोजना कार्यान्वयन स्थानीय समिति र उप प्रमुख इन्दिरा थारुको संयोजकत्वमा पाँच सदस्यीय पीडित प्रभावित महिला र बालीकाको समष्टिगत आवश्यकता पहिचान उप समिति समेत गठन गरिएको छ । 

नगर उपप्रमुख इन्दिरा थारुले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । नेपाल सरकारले नेपालको शान्ति प्रक्रियालाई अर्थपूर्ण रुपमा टुङ्गोमा पु¥याउन महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न दोस्रो चरणको राष्ट्रिय कार्य योजना कार्यान्वयनमा ल्याएको छ । 

सम्बन्धित समाचार

Facebook Comments