बारोडासँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल
काठमाडौँ । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।
त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ । नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।
२१ °C काठमाडौं
Facebook Comments