बजारक्षेत्रका बालवालिकालाई खेलकुद मैदान अभाव
बर्दिया, १९ चैत । चुरेदृष्टि ‘देख्यो कि लेख्यो’ नागरिकको सूचनाको हकसँगै समाजको ऐनाको रुपमा न्याय, सुशासन, अधिकार स्थापितगर्दै राष्ट्र विकासको प्रमुख जिम्मेवारी बोकेको चौथो अंगको पारदर्शी भूमिकालाई हृदयंगमगर्दै समाजमा भएका वेथिती, ढिलासुस्ती, अन्याय, अत्याचार लगायत वञ्चितीकरणलाई नडरभई जुझारु रुपमा न्योचित आवाज उठाउने संचारकर्मको दायित्व अनुरुप चुरेकुञ्जको साप्ताहिक स्तम्भ चुरेदृष्टिमा सम्पूर्ण पाठक बर्गहरुलाई हार्दिक स्वागत गर्दछौ । यस समाज सुधारसँगै विकासका लागि हामीले जे देख्छौ यस स्तम्भमा त्यही लेख्छौं । हाम्रा दृष्टिमा परेका जनसरोकारका बिषय तर्फ सम्वन्धित निकायको ध्यान अवस्य पुगोस् । पाठक बर्गको सूझावको अपेक्षामा छौं ।

स्थानिय पालिका अन्र्तगत बजार क्षेत्रका बालवालिकालाई खेलकुद ग्राउण्ड अभाव हुँदा खेल अभ्याससँगै खेल्न पाउने अधिकारबाट बञ्चित भएका छन् । बर्दियाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका बजार क्षेत्रका ८÷९ बर्ष उमेर समूहका बालवालिकाहरुलाई खेलकुद ग्राउण्डको समस्या छ । खेल्ने स्थान नपाएर बालवालिकाहरु खेल सामाग्री लिँदै डुलेका हुन्छन् । कतै ठाउँ पाईहाले खेल्ने बेलामा उनीहरुले गाली खानुपर्ने अवस्था देखिएको छ । हुन त पालिका हरुमा खेल मैदान नभएका होईनन् । विद्यालयका चउरहरुमा पनि खेल्न सक्छन् । तर ति खेल मैदानहरु उपरोक्त उमेर समूहका बालवालिकाले खेल्न पाउँदैन् ।
विद्यालय लगायत अन्य खेलकुद मैदानहरुमा टीन एजर खेलाडीहरु खेल्ने गर्छन् । साना बालवालिकाहरु लामो दुरीका खेल मैदानमा पुग्न सक्दैनन् । जसका कारण उनीहरुलाई खेल मैदान अभाव हुने गरेको छ । घर नजिकै फिल्ड नहुँदा उनीहरु सडक किनार लगायत जोखिमयुक्त ठाउँहरुमा खेल्न बाध्यछन् । स्थानिय सरकारले बालवालिकाहरुको पहुँच पुग्ने गरी बालमैत्री खेलकुद मैदानहरु निर्माण गर्नु आवस्यक देखिएको छ । ऐलानी एवम् अतिक्रमीत सरकारी जग्गाहरु ब्यवस्थापन गरी बालमैत्री खेलकुद मैदान निर्माण गर्नु अत्यावस्यक छ ।
२१ °C काठमाडौं
Facebook Comments