• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
राजापुरको उत्कृष्ट सहकारीलाई उत्कृष्ट संस्था सम्मान 

राजापुर (बर्दिया), १९ चैत । राजापुरमा रहेको उत्कृष्ट महिला बचत तथा ऋण सहकारी उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ । ६७ औं सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो । 

जिल्ला सहकारी संघ बर्दियाले एक कार्यक्रम बिच संस्थालाई उत्कृट संस्था पुरस्कार २०८० सहित सम्मान गरेको छ । सहकारीका मुल्य, मान्यता र सिद्धान्तलाई अनुशरणगर्दै बचत तथा ऋण लगानीमा अब्बल कार्य गरेकोभन्दै सँस्थालाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष धनलक्ष्मी खत्रीलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

त्यस्तै सहकारी मार्फत उल्लेखनीय योगदान गरे बापत सहकारीकर्मी गोपाल प्रसाद पौडेल, इन्दिरा सुबेदी, जगन्नाथ कंडेल र प्रतिमा सुवेदी खनाललाई सम्मान पत्र सहित सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गाना, सचिव चित्र प्रसाद खनाल, उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सँस्था लेखा समिती संयोजक कमला न्यौपाने व्यवस्थापक मिरा चौधरी लगायतको उपस्थीति थियो ।

सम्बन्धित समाचार

Facebook Comments