• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
कतिपय सहकारीहरु कागजी प्रकृया नै नपुर्याई संचालनमा

मुरली गोडिया, १९ चैत, गुलरिया (बर्दिया) । सहकारीका असल अभ्यास, चुनौती र बर्तमान समस्या विषयमा अंतरकृया गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड बर्दिया द्वारा ६७ औं सहकारी दिवसको अवसरमा सहकारीमा देखिएका समस्या, अवसर तथा चुनौती विषयक बृहत छलफल गरिएको हो । 

सहकारीमा सुशासन ः प्रबिधि र एकीकरण भन्ने मुल नारा सहित सप्ताह ब्यापीरुपमा दिवस मनाउन लागिएको हो । जिल्ला सहकारी संघ लिमिटेड बर्दियाका अध्यक्ष नवराज ढुँगानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको प्रमुख आतिथ्यता र प्रहरी उपरीक्षक प्रबिण धितालको बिशेष आतिथ्यतामा भएको अन्तर्कृया कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संजालका प्रतिनिधि, सहकारीकर्मी लगायतको सहभागी थिए । 

कार्यक्रममा सहकारी बैंक भूरिगाउँका प्रबन्धक किरण खत्रीले सहकारीमा देखिएको असल अभ्यास, चुनौती लगायतका विषयमा प्रस्तुति राख्नु भएको थियो । उहाँले सहकारीका थुप्रै ऐन कानुन तथा नियम बनेको भए पनि कागजी प्रक्रिया पूरा गर्ने तर ब्यवहारमा लागू न गरेको बताउनु भयो । कतिपय सहकारीहरु पारिवारिक सहकारी झै बनेको उहाँको भनाई छ । सहकारीको बचत फिर्तामा व्यापक गुनासो रहेको बारबर्दिया नगर सहकारी संजालका अध्यक्षले बताउनु भयो । सहकारीहरु ठुलो संख्यामा खुल्ने गरेकोले नियमन गर्नुपर्ने उहाँको भनाई छ । 

कार्यक्रममा बोल्दै नगर सहकारी संजाल गुलरियाकी अध्यक्ष इन्दिरा सुबेदिले धेरै सहकारीहरु कागजी प्रकृयानै नपुर्याई संचालन भैरहेको खुलासा गर्नुभयो । सहकारीको कानुनी सचेतना आवश्यक रहेको बताउँदै रिन लगेर तिर्न नपर्ने भावनाको बिकास हुनु ठुलो गल्ती रहेको प्रष्ट्याउनु भयो । साना ब्यक्ति भन्दा ठुलो ब्यक्तिहरुका कारण सहकारीहरु बदनाम हुनु परेको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै राजापुर सहकारी संजालका अध्यक्ष टीकाराम रेग्मीले किसानहरु आर्थिक रुपमा कमजोर भएपनि उत्पादनको हिसाबले अगाडी रहेको बताउनु भयो । 

सहकारीको कार्य सञ्चालन विधि तथा कार्यक्रम अनुगमनको पाटो कमजोर रहेको अध्यक्ष रेग्मीको भनाई छ । कार्यक्रमका अवसरमा जिल्लाका विभिन्न पालिकामा कार्यरत ५ जना सहकारीकर्मी एवं कर्मचारीहरुलाई सहकारी मार्फत उल्लेखनीय योगदान गरे बापत पुरस्कृत तथा सम्मान गरिएको छ । सहकारीकर्मी गोपाल प्रसाद पौडेल, इन्दिरा सुबेदी, जगन्नाथ कंडेल, धनलछक्ष्मी खत्री र प्रतिमा सुवेदी खनाललाई सम्मान पत्र सहित सम्मान गरिएको छ । सहकारीकर्मीहरुको गुनासो तथा जिज्ञासा बारे बोल्दै प्रहरी उपरिक्षक प्रविण धितालले सहकारीहरु प्रहरी समक्ष पुग्न नपर्ने गरी कार्य गर्न अनुरोध गर्नुभयो ।

शान्ति सुरक्षा तथा सिमा अपराध बारे विशेष काम गर्ने प्रहरिलाइ सहकारीको नियमन बारे चासो लिनु पनि ठिक नभएको उहाँको भनाई छ । सरकारसँग अपेक्षा राख्नु जायज भएको बताउनु भयो । प्रहरीको अवश्यकता परे अवश्य सुचना दिएर सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सहकारी ब्यवस्थापन गर्न्मा सफलता पुगोस भनी शुभकामना दिनुभयो । प्रचलित कानुन बिपरित उल्लंघन गर्ने जो कोहिलाइ पनि कार्वाही गर्ने प्रतिबद्धता व्यक्तगर्दै सहकारीमा बेतिथी गर्ने विषयको सुचना सहि समयमा दिए अवश्य कार्वाही गरिने बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments