दशैंका अवसरमा बाँसगढीमा दवनी भिराउ नृत्य
विन्दु चौधरी, बाँसगढी (बर्दिया) । नेवादा गाउँ बरघर संस्थाले बडादशैंको अवसरमा आयोजना गरेको दवनी भिराउ साँस्कृतिक नाच प्रतियोगितामा मोतिपुर गाँउको हुरडुङगवा नाँच प्रथम भएको छ । जनचेतना जगाई, आपन संस्कृती बचाई भन्ने नारासंगै बाँसगढी नगरपालिका वार्ड नम्बर ४ मनिकापुरमा आयोजना गरिएको दशैं बिशेष साँस्कृतिक कार्यक्रम तथा दवनी भिराउ प्रतियोगितामा ११ टिम दर्ता भएपनि ५ टिमले मात्र भाग लिएका थिए ।
दवनी भिराउ प्रतियोगितामा लक्ष्मणपुर गाउँको नाच दोस्रो स्थान ल्याउन सफल भएको छ । त्यस्तै नेवादा मनिकापुर गाउँको नाच तेस्रो तथा बेतहनी गाउँ र वनमुडा गाउँको नाचँ सान्त्वना भएको छ । विजय हुने समूहलाई क्रमशः प्रथमलाई ५ हजार, दोस्रो ३ हजार ५ सय, तेस्रो २ हजार ५ सय र सान्त्वनालाई ५ सय नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । नेवादा गाउँ बरघर संस्थाका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती बाँसगढी नगर प्रमुख खडक बहादुर खड्का, बाँसगढी ४ का वडाअध्यक्ष कृष्ण प्रसाद बास्तोला, वार्ड नं. ७ का वडाअध्यक्ष वलिराम चौधरी, अन्य वडासदस्य लगायत स्थानियबासीहरुको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अथिती बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्काले सांस्कृतिक कार्यकम्रले आम समुदायलाई संस्कृति, भेषभुसा र परम्परा संरक्षणमा जागरूक बनाएको बताउनुभयो । उहाँले विजयादशमी, दिपावली तथा छठ पर्वको शुभकामना ब्यक्तगर्दै सबै समुदायको मौलिक, भाषा, कला, परम्परा, संस्कृति, संरक्षणका लागि बाँसगढी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद तथा नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरीको पनि उपस्थिती थियो । चौधरीले आफु पनि संस्कृतिमा रुचि राख्ने भन्दै दवनी भिराउ साँस्कृतिक कार्यक्रमले लुकेका प्रतिभाको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनु भयो । थारू समाजलाई अगाडि बढाउन संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राख्नु भयो । कार्यक्रममा नेवादा गाउँ बरघर संस्थाका सचिव होलीराम थारुले स्वागत गर्नुभएको थियो भने संचालन रामचन्द्र थारुले गर्नुभएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments