• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
मालपोल कार्यालय प्रमुखविहीन हुँदा मुद्धाका कामकाज ठप्प

सन्दिप कुमार बैश्य, १५ चैत, बर्दिया । भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्धा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालय गुलरिया प्रमुख विहिन छ । 

कार्यालय प्रमुख नहुँदा उल्लेखित कामकाज ठप्प भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले बताए । उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दा समेत अर्का कार्यालय प्रमुख आएका छैनन् । ’भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुखमा को आउने भन्ने टुङ्गो लगाएको छैन ।’ उनले भने, कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्धा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प छ । प्रमुख नहुँदाको समस्याका बारेमा हामीले विभाग लगायत प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराई सकेका छौं । यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेको बताए ।

उनले भने, ’कार्यालय प्रमुख नपठाउँदासम्म मैले विभागलाई बुधबार बिहान चिठ्ठि लेखेर यही रहेका नायब सुब्बालाई कार्यालय प्रमुख तोक्न आग्रह गरेको छु, अब विभागबाट के निर्णय भएर आउँछ, त्यो भने हेर्ने बाँकी छ । निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख तोक्नको लागि फाइल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ पनि विभागबाट आएको जानकारी दिए । कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् ।  सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाइरहेको सेवा लिन मालपोतमा आएका मधुवन नगरपालिका वडा नम्बर ७ का सेवाग्राही रमेश थारूले बताए ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्यत्र गएपछि विभागले अर्को कार्यालय प्रमुख अहिलेसम्म पठाएको छैन । जिल्लाकै बढी भिडभाड हुने मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको एक कर्मचारीले बताए । निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालयमा काम थेग्न नसक्ने गरी दैनिक रूपमा आइरहेको पनि जानकारी दिए । उनले भने,’ विभागले कार्यालय प्रमुख नपठाउँदा धेरै काम पेन्डिङ्गमा छ ।’ कार्यालय प्रमुख नहुँदा कर्मचारीले तलब समेत नपाएको उनले गुनासो गरे । निमित्त कार्यालय प्रमुख तिवारीले सबै काम गर्ने अधिकार निमित्त प्रमुखलाई नभएकोले भुमिसुधार, मुद्धा र आर्थिकसँग सम्बन्धित महत्वपूर्ण कामकाज रोकिएको बताए ।

सम्बन्धित समाचार

Facebook Comments