भेरी माध्यमिक बिद्यालय राजापुरलाई बिज्ञान प्रयोगशाला सामग्री
केशव कोइराला, १५ चैत, राजापुर (बर्दिया) । राधाकृष्ण थारु जनसेवा केन्द्रको सहयोग तथा राजापुर नगरपालिकाको समन्वयमा भेरी माबि धोबिनीपुरलाई बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा बालिका परियोजना मार्फत ९ लाख ५१ हजार ९ सय २५ रुपैया बराबरको प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो ।
बिहीवार एक कार्यक्रमका बिच राजापुर नगरपालिका सामाजिक बिकास समिती संयोजक रमेश दहित वडा नं ८ का अध्यक्ष राजेश थारु र आरकेजेएसका सचिव युवराज श्रेष्ठले उक्त सामग्री बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद ढुङ्गाना प्रधानाध्यापक महादेव प्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभयो । बिज्ञान प्रयोगशाला सामग्री उपलव्द्ध गराउन नेतृत्वकारी भुमिका खेलेकोमा सँस्था र नगरपालिकालाई धन्यवाद दिदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले सामग्रीको भरपुर सदुपयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सामाजिक बिकास समिती संयोजक दहितले आरकेजेएसले राजापुर नगरपालीकामा उल्लेखनिय कार्य गरेको तर्फ इंगितगर्दै नगरपालिकाको निर्देशनमा भेरी माबिलाई प्रयोगशाला सामाग्री प्रदान गरिएको बताउनुभयो । प्रयोगशाला सामग्री बिद्यार्थी केन्दीत बनाई अधिकतम सिकाइको माध्यम बनाउन बिद्यालयलाई सझाउनुभयो । कार्यक्रममा बोल्दै संस्थाका सचिव श्रेष्ठले राजापुर नगरपालिकामा सहयोग गर्न पाउदा खुशी भएकोभन्दै आगामी दिनमा बिभिन्न सहयोग सँगै जन चेतनामुलक कार्यक्रमगर्दै लैजाने बताउनुभयो ।
१९ °C काठमाडौं
Facebook Comments