• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
बर्दिया जिल्ला स्तरिय ब्याडमिन्टनको उपाधी न्यौपाने र शाहीको जोडीले चुम्यो 

बर्दिया । गुलरिया नगर ब्याडमिन्टन संघ गुलरियाद्वारा आयोजित प्रथम बर्दिया जिल्ला स्तरिय कृष्णसार कप ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलको ओपन डबल्समा अनुपम न्यौपाने र सरद कुमार खड्काको जोडीले जितेको छ । सुपर भेट्रान्स डबल्समा महेन्द्र जंग शाही र दिनेश कुमार बिष्टको जोडी प्रथम भएका छन । गुलरिया नगरपालिका बडा नम्बर ४ मा अवस्थित कबर्डहलको ब्याड्मिन्टन हलमा भएको पहिलो फाइनल खेलमा राजापुर नपाका शाही र दिनेश कुमार बिष्ट को जोडीले गुलरिया नपाका रञ्जन शर्मा र तुलु मल्लको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गरेका हुन् । 


ओपन डबल्स खेल अन्तर्गत गुलरिया नपाको अनुपम न्यौपाने र सरद कुमार खड्काको जोडीले मधुवन नपाका नरेश कुमार मल्ल र खिम बहादुर घलेको जोडीलाई २३–२० र २१–१९ को सोझो सेटमा पराजितगर्दै जित हात पारेको हो । भेट्रान्स डबल्समा प्रथम भएका जोडीले नगद ३१ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सोही खेलमा दोस्रो भएका गुलरिया नपाको रञ्जन शर्मा र तुलु मल्लको जोडीले १७ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गरे । यस्तै ओपन डबल्स प्रतिस्पर्धा तर्फ विजयी गुलरिया नपा को अनुपम र सरद कुमार जोडीले नगद ५१ हजार रूपैयाँ प्राप्त गरेको छ । 


दोस्रो भएको मधुवन नपाको नरेश कुमार मल्ल र खिम बहादुर घलेको जोडीले नगद ३१ हजार रूपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । असोज २८ गते देखि कार्तिक १ गते सम्म सञ्चालित जिल्ला स्तरिय ब्याड्मिन्टन प्रतियोगितामा जिल्ला भरिका २८ वटा टोलिको सहभागी थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बारबर्दिया नपाका अरुण चौधरी र उदयमान खेलाडीमा गुलरिया नपाका बसन्त योगी घोषित भए । समापन कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, उपप्रमुख सावित्री गौतम, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट र गुलरिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतम तथा गुलरिया नगर खेलकुद विकास समिति संयोजक युवराज श्रेष्ठ लगायतको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments