• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाण्डौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments