• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
ललितपुरमा दुई समुहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ । 

मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments