बर्दियाका द्वन्द्वपीडितद्वारा सत्यतथ्य सार्वजनिक गर्न माग
बर्दिया, १२ चैत । बर्दिया जिल्लाका द्वन्द्वपीडित परिवारका सदस्यहरुले बलपुर्बक बेपत्ता पारिएकाहरुको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । बर्दियाको गुलरियामा आयोजित अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमहरु मार्फत उनीहरुले त्यस्तो माग गरेका हुन् ।
विश्वभर मार्च २४ तारिखका दिनलाई आम मानव अधिकार उल्लंघनसंग सम्बन्धित सत्यको अधिकार तथा पीडितको मर्यादाका लागि अन्तराष्ट्रिय सत्यको अधिकार दिवसका रुपमा संसारभर सम्झना गरिन्छ । उक्त दिवसको सन्र्दभमा द्वन्द्वपीडित समिति बर्दियाको नेतृत्वमा मानव अधिकार सम्बन्धी काम गर्ने बर्दियामा उपलब्ध संघसंस्थाको आयोजनामा अन्तरक्रिया तथा र्र्याली गरेर दिवस मनाईएको छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य शान्ति चौधरीले शान्ति प्रक्रियाको काम नटुङ्गीएकोले द्वन्द्वपीडितहरु झन पीडामा पर्दैगएको बताउनु भएको छ । महिलाहरुलाई सामाजिक, आर्थिक रुपमा मर्का परेको बताउनु भयो । आफुले द्वन्द्वपीडितहरुको समस्यालाई संसदमा बिशेष समयको काम गरेर लिखित रुपमा नै पेश गर्न तयार रहेको बताउनु भएको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजकी निमित्त उपसचिव द्वारिका कुमारी अधिकारीले द्वन्द्वपीडितहरु अवस्था देख्दा मानव अधिकारको प्रत्याभुति नभएको बताउनु भएको छ ।
यतिका बर्ष सम्म पनि पीडितहरुको समस्या जस्ताको तस्तै रहेको बताउनु भयो । द्वन्द्वको जगबाट आएको परिर्वतनले धेरै पटक सरकारहरु फेरीसके तर राज्यले घटनाको सत्यतथ्य जानकारी गराउन नसक्नु मानव अधिकार उल्लंघन भएको मानिने बताउनु भएको छ । राज्यले सत्यतथ्य सार्वजनिक नगरिदिएको कारणले नै सामाजिक आर्थिक, कानुनी, मानसिक समस्याहरु झेल्नु परेको अवस्था रहेको बताउँदै यस प्रति राज्य गम्भिर हुनु पर्ने उहाँको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायत, ईन्सेक लुम्बिनी प्रदेश नेपालगंजका सयोजक भोला महत, थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारु, नेपाल रेडक्रम सोसाईटी बर्दिया शाखाका अध्यक्ष कृष्णप्रसाद गौतम, बर्दिया जिल्ला बारएशोसिएसनका अध्यक्ष कमल प्रसाद रेग्मी लगायत सत्य थाहा पाउने अधिकार रहेकोले त्यसको प्रत्यभूति गराउने राज्यको दायित्व रहेको बताउनु भएको छ ।
विस्तृत शान्ति सम्झौत भएको १७ बर्ष पुगि सक्दा पनि न्याय नपाउनु मानव अधिकार हनन् भईरहेको बताउनु भयो । द्धन्द्धका बेला वेपत्ता पारिएका परिवारका सदस्यहरुले हाम्रो मान्छे कहा छ ? हामीले न्याय कहिले पाउने ? दोषीलाई आम माफी दिन पाईदैन । मेरो परिवारको सदस्य खोई जस्ता प्लेकार्ड बोकेर गुलरियाको मातङ्गी चोक देखि मौन ¥याली सहित नगर परिक्रम गरिएको छ । ¥याली बिद्युत चोक हुंदै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुदै राधाकृष्ण चोकमा आई कोणसभामा परिणत भएको थियो । मौन ¥यालीमा सहभागी मधुवन नगरपालिका ९ का लिला रोकाले आफ्ना ३ छोरा मध्ये जेठो छोरालाई वेपत्ता बनाएको भन्दै अझै पनि छोरा घर आउछ की भन्ने आशा रहेको बताउनु भयो ।
गुलरिया नगरपालिका १२ का गहुराम थारुले आफ्ना एउटा मात्र छोरा रहेको र तै पनि २०५९ सालमा तत्कालीन शाही सेनाले वेपत्ता बनाएको पिडा पोख्नु भयो । थारुले छोराको अझै सम्म न सास, न लास केही खबर नपाएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भएकोछ । यसैगरी द्वन्द्वपीडित समिति बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरीले अझै पनि मेरो मान्छे आउछन की भनेर पिडित परिवारहरुले कुरेर बसिरहेको बताउनु भयो । उहाँले सरकारले उजुरी छानविन गरेपनि सत्यतथ्य जानकारी गराउन नसकेको गुनासो पोख्नु भयो । सरकारले चाँडोभन्दा चाँडो विधेयक पास गरी आयोग गठन गरेर पीडितहरुको आफन्त खोजी कार्य अगाडी बढाउन अनुरोध गर्नु भएको छ । बिहान करिव १० बजे देखि निकालिएको ¥याली र अन्तरक्रिया कार्यक्रम बर्दिया जिल्लाका आठ वटै पालिकाका द्वन्द्वपीडित परिवारका आफन्तहरुको सहभागिता रहेको थियो ।
१९ °C काठमाडौं
Facebook Comments