मधुवनका ९ सय ५ जना छात्रछात्रा एसईईमा सहभागी हुँदै
बर्दिया, ११ चैत । बर्दियाको मधुवन नगरपालिकामा ९ सय ५ जना छात्रछात्राहरु एसईईमा सहभागी हुँदैछन् । यस बर्ष मधुवनबाट ४ सय ७९ जना छात्रा र ४ सय २६ जना छात्रहरुले परिक्षामा सहभागी जनाउने भएका हुन् ।
पालिकाभित्र १२ वटा माध्यमिक विद्यालय मध्ये २ वटा संस्थागत विद्यालय र १० वटा सामुदायिक विद्यालय रहेको छ । परिक्षामा ४ वटा परिक्षा केन्द्र तोकिएको छ । गुराँस नमुना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं–६, भृकुटी माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं–५, शुक्र माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं– ७ र त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं–१ मा परिक्षा केन्द्र तोकिएको छ ।
सम्वन्धित विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने ब्यवस्था छ । प्रत्येक विद्यालयमा २ जना सहायक केन्द्राध्यक्ष तोकिएको मधुवन शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले जानकारी दिनुभयो । एसईई २०८० को परिक्षाका लागि सम्पुर्ण तयारी पूरा भएकोले मर्यादित सहज तरिकाले परिक्षा सम्पन्न हुने शाखा प्रमुख खनालले विस्वास ब्यक्त गर्नुभयो । एसईई परिक्षा चैत १५ गते विहान ८ बजेदेखि ११ बजेसम्म संचालन भई चैत २७ गते सकिने बताईएको छ ।
२० °C काठमाडौं
Facebook Comments