• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
गर्भावास्थामा पाउने पोषण बच्चाको लागी बरदान 

मुरली गोडिया, ११ चैत, बर्दिया । नेपाली समाजमा बालबालिकाको बौद्धिक तथा संवेगात्मक विकासका लागी प्रायःपछि खर्च गरिने गरेको पाइन्छ । अर्थात बच्चा आमाको गर्भमा हुँदा न त आमालाई चाहिने पौष्टिक तत्वको ख्याल गरिन्छ न त गर्भमा रहेको बच्चाकै बारेमा । सुनौलो हजार दिनको आमालाई गर्नुपर्ने व्यवहार तथा आवश्यक पौष्टिक तत्वबारेमा चिन्ता नगर्नाले हुने बच्चा भविष्यमा के गर्ला केहि भन्न सकिन्न । 

तर बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ की सन्जु थारुले भने आमाको गर्भमा भएको बच्चालाई चाहिने तत्व आमाले पाए मात्र बच्चाको सम्पुर्ण विकास समान रुपले हुने बताउँछिन । उनि भन्छिन हामीले बच्चा जन्मी सकेको २–४ वर्ष पछि मात्र उसको लवाई खवाईमा अभिभावकले लगानी गर्छौं । तर त्यसो गर्न नहुने उनको तर्क छ । बच्चा ३ महिनाको गर्भमै हुँदा उसको बृद्धि विकास हुन थालेको हुन्छ त्यस बेला देखी नै हो आमालाई पनि ख्याल गर्ने । गर्भावस्थाको समयमा आमालाई खुशि पार्ने, मानसिक रुपमा चिन्ता नहुने बाताबरणको सिर्जना गर्ने, सवैले गर्भवति माया ममता तथा ध्यान दिने गर्नुपर्ने हुन्छ । तर यी सवै कुराहरुको बारेमा सन्जुलाई थाहा थिएन । 

उनि भन्छिन् “जब प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रलेगर्दै आएको आमाहरुको लागी कार्यक्रममा म पुगें बल्ल सवै विषयमा जानकारी पाएको हुँ ।” उनि थप्छिन् “मलाई पहिले केही पनि थाहा थिएन तर तालिममा पुगे पछि मैले गर्भवती अवस्थामा अपनाउनु पर्ने सावधानी, ख्याल गर्नुपर्ने कुराहरु, सरसफाई र गर्भवति भएको बेला गर्नुपर्ने स्वास्थ्य जाँच बारे पनि जानकारी पाए ।” बालबालिकाको प्रारम्भिक विकास बारेको जानकारी पनि मैले तालिम बाटै पाएको सन्जुको भनाई छ ।

बालबालिकाको मानसिक विकास, शारिरिक विकासका लागी आमाले पोषिलो खाने कुरा खाने, बच्चालाई गेडागुडी, जाउलो लगायतका पोषिलो खानेकुरा मात्रै खुवाउने कुराको ज्ञान कार्यक्रममा मात्र पाएको सन्जुले प्रष्ट पारिन् । सन्जुले गाँउका अन्य महिलाहरुलाई समेत प्रारम्भिक बाल विकास बारे जानकारी गराउने गरेको बताईन् । बच्चाको सर्वांङ्गिण विकासका निम्ती पोषण नै महत्वपुर्ण बरदान भएको उनको ठहर छ । राजापुर नगरपालिका भोगपुर गाँउकी सन्जु भन्छिन बच्चा गर्भमा भएको ३ महिना देखी आमा र बच्चाको विशेष हेरचाह गर्नुपर्ने आवश्यकता रहन्छ । 

शसक्त बालिका परियोजनाले बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ भन्ने विषयमा ग्रामिण क्षेत्रमा सहजीकरण गर्दै आएको शसक्त बालिका परियोजनाका संयोजक मनोज पौडेलले प्रष्ट्याए । शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी बालबालिकाको प्रारम्भिक अवस्था देखी उनिहरुको सर्वाङ्गिन विकासका क्षेत्रमा कार्यगर्दै आइरहेको परियोजनाको लक्ष्य छ । यो परियोजना जुन २०२५ सम्म संचालनमा रहने जनाइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments