बढैयातालमा भुमिहिन लाई जग्गाको निस्सा वितरण
दलबहादुर सुनार, १० चैत बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिकामा भुमिहिन सुकुमवासी, दलित र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम शुरु भएको छ । भुमि प्राप्तिका लागि पालिकामा परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सम्पन्न भएपछि निस्सा वितरणको काम सुरु गरिएको हो ।
वडा नम्बर २, ७ र ८ मा निस्सा वितरणको काम सुरु भएको बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले जानकारी दिनुभयो । वितरणकै क्रममा बढैयाताल गाउँपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष दिल्ली प्रसाद गौतमको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भुमिहिन संगिता माझीलाई निस्सा प्रदान गरि वितरणको शुभारम्भ गर्नुभयो । वडा कार्यालयको सभाहलमा भएको वितरण कार्यक्रममा पहिलो दिन वडा नम्बर ८ का भुमिहिन ८ जनालाई वितरण गरिएको वडा सचिब स्वस्तिका पौडेलले जानकारी दिनु भयो ।
वर्षौ देखी जग्गा पुर्जाको पर्खाइमा बसेका भुमिहिनहरुले निस्सा पाउदा खुसि ब्यक्तगर्दै जग्गा पाईनेमा ढुक्क भएको प्रतिकृया दिए । बढैयाताल गाउँपालिका ८ मा भुमिहिन दलित १० जना, भुमिहिन सुकुम्बासी ९२ जना अब्यवस्थीत ३ सय ५३ जना र अपुर्णमा ७३ जना भएको पालिका उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । निस्सा वितरण कार्यक्रममा भुमि सम्बन्धी सहजकर्ता ओम प्रसाद गौतमले भुमि आयोग सम्बन्धी कानुनी ब्यवस्था, भुमि प्राप्तीको लागि गरिने प्रकृया, झुटो विबरण पेश गरि जग्गा प्राप्त गरेमा हुने दण्ड जरिवाना लगाएतका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रमका अध्यक्ष दिल्ली प्रसाद गौतमले बढैयाताल ८ मा २ वटा कित्ता मात्र खाली भएको बिगतका आयोगले वितरण गरेको जग्गा बदर नगरे वितरण गर्ने जग्गा नभएको बताउनु भयो । स्थानिय जनप्रतिनिधि, सहजिकरण समितिका सदस्य, स्थानिय राजनितिक दलका प्रतिनिधि, निस्सा लिनेहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बढैयातालका आई.टी अफिसर कमल खड्का थोकीले गर्नु भएको थियो ।
२० °C काठमाडौं
Facebook Comments