• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
मौरीजन्य जडीबुटी बारे राजापुरमा सचेतना

बर्दिया, १० चैत । यूटर्न इन्टरनेशनल नेपाल प्रालीद्वारा संचालीत मौरीजन्य उत्पादित जडिबुटीवारे स्वास्थ्य जनचेतना मुलक कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । युटर्नले महवाट बिभिन्न स्वास्थ्य बद्र्धक उत्पादनगर्दै आएको छ । 

स्कीन क्रिम, कोलगेट, बिभिन्न जुस, चिया, सिस्नुको धुलो लगायत २ दर्जन बढि प्रकारका स्वास्थ्य बद्र्धक सामग्री उत्पादनगर्दै आएको कार्यक्रममा जानकारी गराइएको छ । युटर्न अन्तर्गत गणेश बाबा बिक्रि केन्द्र गेरुवा, प्रमुख बिक्रिकेन्द्र राजापुरका संचालक संचाराम थारुको अध्यक्षतामा आयोजित जन चेतनामूलक कार्यक्रमका प्रमुख अथितीमा यूटर्न इन्टरनेशनल नेपाल प्रालीका प्रबन्ध निर्देशक सुवास केसि विशिष्ट अतिथीमा राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरी हुनुहुन्थ्यो । 

कार्यक्रममा यूटर्न उत्पादनबारे जानकारी दिदै महेन्द्र बेल्बासेले मौरीजन्य उत्पादन स्वास्थकालागी निकै लाभबद्र्धक भएकाले प्रयोग गर्न उपस्थित सबैमा सुझाउनु भयो । यूटर्न अन्तरगत गणेशवावा बिक्रीकेन्द्र राजापुरमा मौरीजन्य सामाग्री उपलब्ध गराइएको जानकारी गराइयो । यूटर्न इन्टरनेश्नल नेपाल प्रालीका उत्पादन स्वास्थ्य बद्र्धक, सत प्रतिशत मह र जडी बुटीवाट उत्पादित भएकाले यसबाट कुनै हानि नहुने  प्रबन्ध निर्देशक केसीले  बताउनुभयो । अन्य सामग्रीको बजार मुल्य भन्दा न्यून भएकाले पनी मौरीजन्य, स्वास्थ्य बद्र्धक सामाग्री प्रयोग गर्न केसीले सम्पुर्णमा आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments