• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
बढैयाताल अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी तिब्र 

दलबहादुर सुनार, १० चैत्र बढैयाताल (बर्दिया) । पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यूवा नै हो देशको शानः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ चैत्र २४ गतेदेखि बर्दियाको बढैयाताल गाउँपालिकामा हुने फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको हो । 

बिगत वर्षहरुमा जस्तै यस वर्ष  पनि  बर्दिया जिल्ला  पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सञ्चालन गर्नको लागि तयारी तिब्र पारिएको पत्रकार सम्मेलनमा जनाईएको छ । कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र बढैयाताल ८ स्याउली बजारले मंगलबार आयोजना गरेको पत्राकार सम्मेलनमा श्रोतकेन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले प्रतियिोगिता संचालन गर्नुको उद्देश्य र सञ्चालनमा लाग्ने लाग्ने खर्च र प्रतियोगिता सञ्चालनको लागि सम्भावित श्रोतहरुको बारेमा जानकारी गराए । 

 प्रतियोगिमा बिजेता हुने लाई रु १ लाख, उप विजेता हुने लाई ५५ हजार, ट्रफी, मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको जनाउदै प्रतियोगिता बढैयाताल गाउँपालिका र मयुर यूवा क्लबको समन्वयमा हुने भन्दै  मयुर युवा क्लबको खेल मैदानमा बिभिन्न साँस्कृतिक कार्यक्रमका साथ उद्धघाटन हुने प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न स्थानिय उद्योगि, ब्यापारी, बिद्यालय, संघ सस्था, समुदाय स्तरका बिभिन्न समुह, नागरिक समाज, लगाएतको साथ र सहयोग हुनु पर्नेमा अध्यक्ष श्रेष्ठले  जोड दिए  । स्थानिय राजनितिक दलका प्रतिनिधि, जन प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको पत्रकार सम्मेलनमा उपाध्यक्ष शोभा अधिकारीले स्वागत मन्तब्य रसचिब सञ्जय सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments